विभिन्न १० जिल्लामा एचआइभी रोकथाम र उपचार सेवा सुरु

विभिन्न १० जिल्लामा एचआइभी रोकथाम र उपचार सेवा सुरु

काठमाडौं (पहिचान) असोज ३० – नील हिरा समाजले विभिन्न १० वटा जिल्लामा एचआइभीको रोकथाम र उपचार सेवा सुरु गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा ६ महिना संचालन भएको स्थगित भएको सेवा ग्लोवल फण्ड सेभ द चिल्ड्रेनको सहयोगको सुरु भएको हो ।

समाजले काठमाडौं, मोरङ, जनकपुर, सप्तरी, पर्सा, डोटी, सिन्धुली, उदयपुर, तनहुँ र सल्यानमा एचआइभीको रोकथाम र उपचार सेवा सुरु भएको समाजको सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश निरौलाले जानकारी दिए । निरौलाले १० जिल्लामा रहेका जिल्ला परियोजना संयोजक र फिल्ड सुपरभाइचरलाई दुई दिने अभिमुखिकरण तालिम दिइएको वताए ।

तालिममा समाजकी अध्यक्ष पिंकी गुरुङले सक्रियताका साथ काम गर्न सहभागीलाई निर्देशन दिइन । उनले सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्न सुझाव दिइन । एचआइभी केन्द्रीत मात्रै नभएर स्थानीय सहयोग जुटाएर समुदायलाई आत्मनिर्भर बनाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्न अध्यक्ष गुरुङले जोड दिइन ।

संविधानमा जति अधिकार लेखे पनि आफू सवल नभएसम्म त्यो कार्यान्वयनमा आउन कठिन हुने भन्दै अध्यक्ष गुरुङले जिल्ला देखि केन्द्रसम्म र समुदायदेखि संस्थासम्म एकता कायम राख्न आग्रह गरिन ।

उनले तालिममा सिकेको कुरा आफ्नो परियोजनामा कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरिन । यो परियोजना सन् २०१८ मार्च १५ सम्म संचालन हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.