कांग्रेसको विधान र नेपालको संविधानमा समेटिएका यौनिक तथा लैंगिक अल्पसंख्यकले राज्यका सबै तहमा प्रतिनिधित्व पाउँछन् : कुमार लुइटेल

कांग्रेसको विधान र नेपालको संविधानमा समेटिएका यौनिक तथा लैंगिक अल्पसंख्यकले राज्यका सबै तहमा प्रतिनिधित्व पाउँछन् : कुमार लुइटेल

783
SHARES

काठमाडौं (पहिचान) कार्तिक १ – नेपाली कांग्रेसका युवा नेता कुमार लुइटेलले का्रग्रेसको विधान र नेपालको संविधान दुबै ठाउँमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटेकाले अव राज्यका सबै तहमा प्रतिनिधित्व पाउने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता लुइटेलले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै राज्यले कानुन बनाएर ककार्यान्वयन गरेपछि त्यसमा सुधार आउने बताए ।

लुइटेलले भने, ‘नेपालको संविधानले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटिसकेको छ, अब कानुन बनाएर कार्यान्वय गरेपछि सामाजिक भावनामा परिवर्तन हुन्छ ।’ उनले कांग्रेसले आफ्नो विधानमा नैं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेटेको भन्दै अब उनीहरुको प्रतिनिधित्व कसैले रोक्न नसक्ने बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वीलिंगी र अन्तरलिंगी)हरुलाई अझै पनि समाजले हेर्ने दृष्टिकोण सकारात्मक छैन,’ लुइटेलले भने, ‘संविधान अनुरुप कानुन बनेपछि समाजले आफ्नो दृष्टिकोण बदल्छ र यौनिक तथा लैंगिक अल्पसंख्यकहरु मुलधारमा आउने छन् ।’ उनले समाजिक धारणामा परिवर्तन ल्याउन राजनीतिक दलको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

उनले संविधानले समलिंगी तेस्रोलिंगीलाई समेटेको र संघीय कानुनले पनि समेट्नेक्रममा रहेको भन्दै अब प्रदेशहरुले पनि त्यसलाई स्वीकार गर्दै थप अधिकार दिएर अघि बढ्नुपर्ने बताए । ओखलढुंगाबाट प्रदेश सांसदका प्रत्यक्षतर्फका प्रत्यासी समेत रहेका लुइटेलले आफू प्रदेश प्रतिनिधि बनेमा उनीहरुका लागि पर्याप्त काम गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
783
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.