यौनिक अल्पसंख्यकको समस्या समाधान हुने गरी कार्ययोजना बनाउने अध्यक्ष थापाको प्रतिवद्धता

यौनिक अल्पसंख्यकको समस्या समाधान हुने गरी कार्ययोजना बनाउने अध्यक्ष थापाको प्रतिवद्धता

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) कार्तिक १९ – हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजन थापाले यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या समाधानका कार्ययोजना बनाउने प्रतिवद्धता जनाएका छन् । संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दाहरु समावेश भएको र अधिकार स्थापित गर्ने कुरामा यस वर्गप्रति गर्नुपर्ने उत्तरदायित्व पुरा गर्ने अध्यक्ष थापाले बताए ।

समृद्द समाजको परिकल्पना गर्नको लागि सबै वर्ग, लिंग, जातजाति, भाषाभाषी सबै समान हुनु आवश्यक भएकोले त्यही अनुरुप आफ्नो कार्ययोजना तयार पारेर अघि बढ्ने उनको प्रतिवद्दता छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि उनीहरुलाइ समावेस गराउन सानो एउटा वडाबाट मात्र नभइ राष्ट्रिय स्तर अथवा विश्वव्यापी मापदण्ड अनुरुप नै समस्या कहा कहा हो ? समाधानका उपायहरु के के हुन् भन्ने कुराको पहिचान गरी निराकरण गर्दै जानुपर्ने अध्यक्ष थापाले बताए ।

आफ्नो वडामा समलिंगी तेस्रोलिंगीहरु खुलेर नआएकोले उनीहरुको विषयमा बजेट छुट्याउन असहज हुने हुदा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु आफै खुलेर आउन समेत थापाले आग्रह गरे । आफ्नो वडामा भएका सबै जनमानसलाइ शिक्षित र दक्ष बनाउनुको साथै खेल मैदान, दक्ष खेलाडी उत्पादन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने लगायतका काम गर्ने लक्ष्य सहित आफु निरन्तर लागिरहने थापाले बताए ।

 

 

 

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.