एलविटी सम्मेलनको मिति र ठाउँ परिवर्तन

एलविटी सम्मेलनको मिति र ठाउँ परिवर्तन

706
SHARES

काठमाडौं (पहिचान) कार्तिक २२ – यही नोभेम्बर १३ र १४ तारिकमा चितवनको सौराहामा हुने भनिएको एलवीटी सम्मेलन डिसेम्वर १९ र २० मा काठमाडौंमा हुने भएको छ । तयारीको कमी र मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका कारण एलविटी सम्मेलन डिसेम्वरमा सरेको तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले जानकारी दिए ।

विभिन्न जिल्लाका केही एलविटी म्यादी प्रहरीमा भर्ना भएकाले पनि यो सम्मेलन चुनाव पछि गर्न लागिएको अधिकारकर्मी शाहले जानकारी दिए । एलविटी साथीहरु म्यादी प्रहरीमा भर्ना भएकाले चुनाव अगाडी सम्मेलन गर्दा उनीहरु छुट्ने भएकाले सम्मेलन पछाडि सारिएको तेस्रोलिंगी शाहले जानकारी दिए ।

‘समाजमा खुलेर नआउनुको कारण, खुल्दाका चुनौति र खुलीसकेपछि जीवन निर्वाहका अवसरका विषयमा छलफल गर्न एलविटी सम्मेलन हुन लागेको नील हिरा समाजको नर्वेजियन परियोजनाका कार्यक्रम अधीकृत विश्वराज अधिकारीले जानकारी दिएका थिए भने समाजमै कार्यरत तेस्रोलिंगी पुरुष सुदिप गौतमले शारिरिक र मानसिक स्वास्थ्यका विषयमा गहिरो छलफल हुने बताएका थिए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले पहिलोपटक एलविटी सम्मेलन हुन लागेकोमा खुशी व्यक्त गरेकी छन । तर, सम्मेलन हुने दिन नजिएकैबेला तयारीको कमी र चुनावका कारण सम्मेलनको मिति र सम्मेलन हुने ठाउँ परिवर्तन भएको छ ।

 

समाचार शेयर गर्नुहोस्
706
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.