तेस्रोलिंगी उपहार भने पनि अभिसाप भनेपनि प्रकृतिका उत्पादन हुन, उनीहरुलाई हिंसा गर्ने अधिकार मानिसलाई छैन : उत्तमराज थापा

तेस्रोलिंगी उपहार भने पनि अभिसाप भनेपनि प्रकृतिका उत्पादन हुन, उनीहरुलाई हिंसा गर्ने अधिकार मानिसलाई छैन : उत्तमराज थापा

827
SHARES

काठमाडौं (पहिचान) कार्तिक २३ – शिक्षासेवी तथा राजनीतिक विश्लेषक उत्तमराज थापाले समलिंगी तेस्रोलिंगी प्रकृतिका उत्पादन भएकाले हिंसा गर्ने अधिकार मानिसमा नभएको बताएका छन् । गिरिजाप्रसाद कोइराला मेमेरियल कलेजका संस्थापक बोर्ड डाइरेक्टर तथा राजनीतिक विश्लेषक थापाले प्रकृतिका उत्पादनमाथि हिंसा गर्नु मानवीय धर्म विपरित हुने बताए ।

‘समलिंगी तेस्रोलिंगी उपहार भने पनि अभिसाप भने पनि प्रकृतिका उत्पादन हुन,’ थापाले भने, ‘एउटा प्रकृतिको उत्पादनमा अर्को उत्पादनले हिंसा गर्ने भन्ने नै हुँदैन । झन मानवले मानव माथि विभेद गर्ने कुरा समान्य हुनै सक्दैन ।’ उनले यौनिक अल्पसंख्यक हुनु कसैको रहर नभएकाले उनीहरुलाई सम्मानपूर्वक बाच्चे बतावरण निर्माण गर्नुपर्ने बताए ।

थापाले यौनिक अल्पसंख्यकहरुलाई नेपालको संविधानले संबोधन गरिसकेको भन्दै अब कानुन नियम र कार्यविधिमा समेत समेटनुपर्ने बताए । ‘नेपालको संविधानले समेत यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर एलजीवीटिआई (समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगी) समुदायलाई संबोधन गरिसकेको छ,’ थापाले भने, ‘अब कानुनमा उनीहरुका अधिकार लिपिवद्ध गरेर उनीहरुलाई देश विकासको मुल प्रभाहमा ल्याउनुपर्छ ।’ उनले कुनै पनि समुदाय कुण्ठित भएर बस्नुपर्ने अवस्था रहँदासम्म देशको सर्वाङ्गिण विकास सम्भव नहुने बताए ।

समाचार शेयर गर्नुहोस्
827
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.