निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

माग गरे छुट्टै शिर्षकमा बजेट विनियोजन गर्ने वडा अध्यक्ष महर्जनको प्रतिवद्धता

माग गरे छुट्टै शिर्षकमा बजेट विनियोजन गर्ने वडा अध्यक्ष महर्जनको प्रतिवद्धता

523
SHARES

अम्बिका दाहाल/लतिलपुर (पहिचान) मंसिर २ – ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले समलिंगी तेस्रोलिंगी कसैलाई पनि विभेद नहुने वताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष महर्जनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय खुलेर आए वडा कार्यालयमा कुनै किसिमको विभेद नहुने वताए ।

“उहाँहरुलाई समाजमा सँगै लिएर जानु पर्छ अध्यक्ष महर्जनले भने, उहाँहरुको हक हितका लागि मेरो प्रयास हुन्छ ।” उनले त्यसका लागि लुकेर नबस्न र खुलेर आउन आग्रह गरे । उनले समलिंगी तेस्रोलिंगीले माग गरेमा छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाए ।

“अहिलेसम्म समलिंगी तेस्रोलिंगी समस्या लिएर आउनु भएको छैन उनले भने, हामीलाई पनि बजेट विनियोजन गर्नु पर्छ भनेर आएमा म छुट्टै शिर्षक राखेर बजेट विनियोजन गर्छु ।” समलिंगी तेस्रोलिंगी समुदाय समाजमा हुन्छन भन्ने थाहा छ उनले भने तर, हामीलाई अधिकार चाहियो भनेर नआएका कारण बिस्तृत रुपमा यो समुदायका बिषयमा जानकारी छैन ।

समाचार शेयर गर्नुहोस्
523
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.