पूर्व मिस नेपाल माल्भिका सुब्वाले भनिन् : मेरो छोरा ‘गे’ वा ‘ट्रान्स ओमन’ हुन्छ भने मलाई स्वीकार्य छ

पूर्व मिस नेपाल माल्भिका सुब्वाले भनिन् : मेरो छोरा ‘गे’ वा ‘ट्रान्स ओमन’ हुन्छ भने मलाई स्वीकार्य छ

7.9k
SHARES

काठमाडौं (पहिचान) पुस ९ – पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो हुर्कदै गरेको छोरा भोली पुरुष समलिंगी ‘गे’ वा पुरुष भएर पनि महिला को भावना र स्वभाव भएको ‘ट्रान्स ओमन’ जे भए पनि आफूलाई स्वीकार्य भएको बताएकी छन् । यौनिक अल्पसंख्यक समुदाय अन्तर्गतको महिला समलिंगी ‘लेसवियन’ द्विलिंगी ‘बाइसेक्सुअल’ तथा महिला जन्मिएर पुरुषको स्वभाव विकास भएका ‘ट्रान्स मेन’हरुको ‘एलबीटी सम्मेलन’लाई सम्बोधन गर्दै सुब्बाले यस्तो बताएकी हुन् ।

‘मेरो छोरा अहिले हुर्कदै छ, मैले उसलाई छोराको रुपमा स्पोर्टस वा साहसिक काम मात्र सिकाइरहेकी छैन,उसलाई मेकअप गरिदिने र छोरीकै रुपमा लिपस्टिक लगाएर सुन्दर हुन पनि सिकाइरहेकी छु,’ सुब्बाले भनिन्, ‘भोली मेरो छोरा एउटा ‘गे’ वा ‘ट्रान्स ओेमन’का रुपमा विकास भयो भने मलाई स्वीकार्य छ ।’ उनले आफूले छोरालाई त्यसरी हुर्काउँदा परिवारकै नजिकका मानिसले अनौंठो सोचेर टिप्पणी गर्ने गरेको भन्दै आफूले त्यस्ता कुरा नपचाउने गरेको सुनाइन् ।

‘मेरो छोरा भोली गे हुन्छ वा ट्रान्स ओमन हुन्छ वा एउटा शाहसिक पुरुष, जे भएपनि मलाई स्वीकार्य छ, त्यसैले अनावश्यक टिप्पणी नगर्न भनेको छुँ,’ सुब्बाले भनिन्, ‘एउटा बच्चालाई कसरी हुर्कने भन्ने स्वतन्त्रता दिन सबै बाबुआमाले सक्नुपर्छ ।’ उनले १० वर्ष अघि आफूले समलिंगी तेस्रोलिंगीबारे थाहा पाएपछि आफू त्यसबारेक कहिलै नकारात्मक नभएको सुनाइन् ।

‘मैले १० वर्ष अघि समलिंगी तेस्रोलिंगीबारे मेरो घनिष्ट मित्रबाट नैं थाहा पाए, किन भने उनी नैं समलिंगी थिइए,’ सुब्बाले भनिन्, ‘त्यसपछि मेरो जीवनमा धेरै जना साथी भाई बहिनी हुनुभएको छ, कोही ‘लेसवियन’ हुुनुहुन्छ, कोही ‘गे’ हुनुहुन्छ, ।’ उनले आफ्ना साथिले परिवारलाई बुझाउनकै लागि धेरै ‘स्ट्रगल’ गरेको देखेको भन्दै परिवारलाई आफ्नो बारे बुझाएपछि त्यो भन्दा धेरै स्ट्रगल गर्नु परेको देखेको बताइन् ।
‘मेरो चिनजानका साथिहरु धेरैजना उच्चस्तरकै शिक्षीत परिवारबाट हुनुहुन्छ, उहाँहरुको परिवारमा पनि धेरै समस्या मैले देखेको छु,’ सुब्बाले भनिन्, ‘उहाँहरु मध्ये ९० प्रतिशतले आफ्नो कुरा राख्न र परिवारलाई बुझाउन सक्नुभएकै छैन ।’

‘लिभिङ टुगेदर रिलेसनले बैधानिकता पाउनुप¥यो

पूर्व मिस नेपाल सुब्बाले समलिंगी विवाहका अत्तिरिक्त ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुपर्ने बताइन् । ‘अहिलेको मुल विषय भनेको ‘समानता छ हुँदैछ, तर, कानुनी रुपमा विवाह वा समलिंगी सम्बन्धले वा लिभिङ टुगेदर रिलेसनले बैधानिकता पाएको छैन,’ सुब्बाले भनिन्, ‘वृद्ध कालमा साथ र सहयोगका लागि पनि सम्बन्धले बैधानिकता पाउनुप¥यो, विवाह गर्न चाहनेले बैधानिकता पाउनुप¥यो । हैन कोही विवाह गर्न चाहदैनन् भने ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुप¥यो ।’

उनले कानुनमा त्यसलाई के गर्न सकिन्छ भनेर स्पष्ट पार्न नीति निर्माताहरुले सोच्नुपर्ने बताइन् । हिमालय टेलिभिनजमा संचालन गरेको टेलिभिजन श्रृंखला जीवनसाथीमा समलिंगी जोडिहरुलाई ल्याइसकेको भन्दै उनले आफू समलिंगी तेस्रोलिंगीका विषय मिडिया र अन्य माध्यमबाट उठाउनेक्रम जारी राख्ने बताइन् ।

समाचार शेयर गर्नुहोस्
7.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.