क्रस ड्रेसमा नचाउँदा डोमिनेट फिल हुने रैछ : गौतम तण्डुकार

क्रस ड्रेसमा नचाउँदा डोमिनेट फिल हुने रैछ : गौतम तण्डुकार

973
SHARES

काठमाडौं (पहिचान) बैशाख १२ – नृत्य निर्देशक गौतम तण्डुकारले तेस्रोलिंगीलाई डोमिनेट फिल हुने नाँच देखाउन नहुने वताएका छन् । पहिचानसँगको कुराकानीमा तण्डुकारले भारतको चेन्नईमा देखाएको नाँच प्रति आएको प्रतिक्रिया सुनाउदै डोमिनेट फिल हुने नाँच देखाउन नहुने वताए ।

“पहिला तेस्रोलिंगीसँग काम त गरेको छैन, तर केटालाई केटी बनाएर प्रस्तुत भने गरेको छु उनले भने, भारतको चेन्नइमा भएको कार्यक्रममा २ जनालाई केटी बनाएर नृत्य प्रस्तुत गरेको थिए । त्यहाँका स्थानीयले यस्तो गर्नु हुँदैन भने ।”

उनले त्यहाँ अलरेडी नै तेस्रोलिंगी बसोबास गर्ने भएकाले उनीहरुलाई डोमिनेट फिल हुन सक्ने वताएपछि आफूले केटालाई केटीको ड्रेसमा नृत्य गराउन छाडेको वताए । उनले पछिल्लो समय तेस्रोलिंगीलाई नै नृत्य गराउने गरेको सुनाए । “मलाई पहिले थाहा थिएन पछि त मेरो तेस्रोलिंगी नै नृत्य सिक्न आए उनले भने, अहिले तेस्रोलिंगीको भूमिका निर्वाह गरेर कार्यक्रम गर्न केटालाई केटी बनाउनु पर्दैन ।”

उनले सबै मानव समान रहेको भन्दै कसैलाई पनि लिंगको आधारमा भेदभाव गर्न नहुने वताए । नृत्य निर्देशक तण्डुकारले राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यक माथि भेदभाव राख्नु र गर्नु पनि नहुने वताए । राज्यले सबै नागरिकलाई समान अधिकार दिनुपर्छ उनले भने, समलिंगी विवाह गर्न चाहनेलाई कसैले रोक्नु हुँदैन ।

समाचार शेयर गर्नुहोस्
973
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.