ठमेलमा तेस्रोलिंगीलाई निषेध गरिएको छैन : परिषद् अध्यक्ष गुरुङ, विकृती कम गराउन समुदायको झन ठूलो भूमिका रहन्छ : समाजकी अध्यक्ष गुरुङ

ठमेलमा तेस्रोलिंगीलाई निषेध गरिएको छैन : परिषद् अध्यक्ष गुरुङ, विकृती कम गराउन समुदायको झन ठूलो भूमिका रहन्छ : समाजकी अध्यक्ष गुरुङ

काठमाडौं (पहिचान) बैशाख ३१ – गोरखापत्र राष्ट्रिय दैनिकमा तेस्रोलिंगीलाई ठमेलमा निषेध भन्ने समाचार प्रकाशित भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले त्यो न्यायोचित नभएको प्रतिक्रिया दिएका छन् भने ठमेल पर्यटन विकास परिषद्ले नेपाली नागरिकलाई नेपालको कुनै पनि ठाउँमा निषेध गर्न असम्भव भएको स्पष्टीकरण दिएको छ ।
…..
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले तेस्रोलिंगीलाई प्रवेश निषेध नगरिएको वताएका छन् । पहिचान अनलाइनसँग कुरागर्दै अध्यक्ष गुरुङले तेस्रोलिंगीलाई प्रवेश निषेध गर्ने आफ्नो कुनै नीति नरहेको र त्यो अधिकार समेत नभएको स्पष्ट पारेका छन् । उनले कानुनको दायरा नाघेर कसैलाई पनि देह व्यापार गर्न छुट नभएको वताए ।

“पहिले थिएन, अहिले तेस्रोलिंगीको आडमा देहव्यापारमा संलग्न महिला आउन थाले अध्यक्ष गुरुङले भने, ठमेल एरियामा बाटो बाटोमा बसेर मान्छे तान्नेलाई निरुत्साहित गरेका हौ ।” उनले ट्याक्सी चालक, देहव्यापारमा संलग्न महिला र तेस्रोलिंगीको संगठित समूहलाई निरुत्साहित गर्न ठमेलका गल्ली गल्लीमा सिसि क्यामारा जडान गरिएको वताए । उनले त्यसका लागि दुई हप्तादेखि ठमेलमा रात्री गस्ती समेत गरिएको वताए ।

“हामीले यौनधन्दा, चोरी, लुटपाट नियण्त्रणका लागि जनपथ प्रहरी, ट्राफिक प्रहरी र परिषद्को त्रिपक्षिय संयन्त्र बनाएर गल्ती गरिरहेका छौ उनले भने, गलत गर्नेलाई कानुनी कारवाही हुन्छ, गलत नगर्नेलाई कहाँ निषेध गर्न सकिन्छ ?”

उनले एक जना नेपाली नागरिकलाई नेपाल भित्रै निषेध गर्न कहाँ पाइन्छ ? यो असम्भव कुरा भएको वताए । उनले ठमेलमा पुग्ने जो कोही सुरक्षित हुनुपर्छ भनेर ठमेल सुधार अभियान थालेको वताए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले निश्चित समुदायलाई बहिष्कार गरेर सभ्य समाजको निर्माण हुन नसक्ने वताइन । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा अध्यक्ष गुरुङले विकृती कम गराउने नाममा कुनै एक व्यक्तिले गलत गरेको नाममा पूरै समुदायलाई बहिष्कार गर्नु मानवअधिकार विरुद्धको काम हुने वताइन ।

“विकृती कम गराउने जिम्मेवारी नील हिरा समाजको पनि रहन्छ, समुदायको झन ठूलो भूमिका रहनु पर्ने हो अध्यक्ष गुरुङले भनिन्, नकारात्मक काम त महिला, पुरुष तेस्रोलिंगी कसैले पनि गर्नु भएन ।” उनले तेस्रोलिंगी हुँ भन्दै चोरी, लुटपाट गर्ने छुन कसैलाई पनि नहुने प्रष्ट पारिन । “जसले गल्ती गरेको छैन उसलाई गल्तीको सजया दिनु न्यायोचित हुँदैन अध्यक्ष गुरुङले भनिन्, सम्पूर्ण तेस्रोलिंगीको पहिचानसँग जोडेर निषेध गर्नु हुँदैन ।”

उनले ठमेल पर्यटन विकास परिषद्, महानगरिय प्रहरी वृत्त दरवारमार्ग र सोह्खुट्टे आफ्नो समुदायबारे जानकार रहेको वताइन । “हामीले यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) समुदायबारे प्रहरी प्रशासनलाई बुझाउँदै आएका छौ उनले भनिन्, केही केही प्रहरी नबुझ्ने पनि हुन सक्छन, नबुझ्नेलाई हामी बुझाउने काम पनि गरिरहेका छौ ।”

उनले दाल, भात देखि लिएर जीवनमा आवश्यक पर्ने सबै आबश्यकता भन्दा धेरै भयो भने बिष हुने बुद्धको सन्देश समेत दिइन ।

अधिवक्ता सुजन पन्तले त आफ्नो फेसबुक स्टाटस नै लेखेर व्यक्तिलाई निषेध गर्नु मानवअधिकार विरुद्धको काम हुने वताएका छन् । पन्तको स्टाटस जस्ताको त्यस्तै :

अपराधलाई कुनै जात,धर्म, लिंगको कशिमा हेरिनु हुन्न पनि । तर त्यो भन्दैमा के सवै तेश्रोलिंगी अपराधी नै हुन् त रु स्वतस्फुर्त नेपालका कोइ तेस्रोलिंगी ठमेल जानै नपाउने गरि गर्वसाथ निषेध गर्छु,पक्रंछु भन्नु चाहिँ गैर संबैधानिक र आफैमा अराजकता हो कि होइन रु राज्यले सबैको एकमुष्ट यसरि स्वतन्त्रता उलंघन गर्न मिल्छ ररुम त यसलाई मानव अधिकारको गम्भीर उलंघन भंन्छु।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.