राज हुसेनलाई पूर्व मिस नेपाल माल्भिका सहित तेस्रोलिंगी अधिकारकर्मीको शुभकामना

राज हुसेनलाई पूर्व मिस नेपाल माल्भिका सहित तेस्रोलिंगी अधिकारकर्मीको शुभकामना

bdr

काठमाडौं (पहिचान) असार १० – तेस्रोलिंगी पुरुष राज हुसेनले संचालन गरेको टम बोय हेयर सलुनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको महाराजगंजमा संचालनमा आएको सलुनको पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ लगायतले रिवन काटेर उद्घाटन गरेका हुन् ।

हुसेनले नेपाल प्रहरीको जागिरबाट राजिनामा दिएर एक महिना अघि देखि सलुन संचालनमा ल्याएका हुन् । सलुनको उद्घाटन गर्दै पूर्व मिस नेपाल सुब्बाले हुसेनको सेलुन प्रमोसनका लागि सहयोग गर्न तयार रहेको बताइन । उनले आफ्नो समुदायलाई मात्रै नभएर समुदाय बाहिरकालाई पनि सेवा दिन सुझाव दिइन ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले नेपाल प्रहरीको जागिरमा समस्या पर्दा नील हिरा समाजले नै पुर्नवहाली गराएको भन्दै हुसेनको सलुनलाई समुदायका सबैले सहयोग गर्नु पर्ने बताइन । तेस्रोलिंगीलाई अझै पनि यौन जन्य दृष्टिकोणले मात्रै हेर्ने गरिएको बताउँदै पृथक पेशा अपनाएर जीवन निर्वाह गर्न समुदायका सदस्य सक्षम बन्दै गएको गुरुङको भनाई छ ।

नायक नाजिर हुसेनले तेस्रोलिंगीलाई सेक्स वर्करको रुपमा मात्रै हेर्ने गरिएकोमा राजको सलुन संचालनले आफ्नै व्यवसाय गरेर बस्न सक्ने उदाहरण दिन सकिने बताए । उनले होटल व्यवासय, सलुन लगायतका विभिन्न व्यवसायमा संलग्न भएको देख्दा आफूलाई खुशी लागेको बताए ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले राजलाई व्यवसाय सफलताको शुभकामना दिइन । सलुनमै पुगेर समलिंगी तेस्रोलिंगीहरुले व्यवसाय सफलताको शुभकामना दिदै खुशी साटासाट समेत गरे । हेर्नुस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.