बलात्कार तथा यौनजन्य अपराध विरुद्धको अभियानमा तेस्रोलिंगी

बलात्कार तथा यौनजन्य अपराध विरुद्धको अभियानमा तेस्रोलिंगी

864
SHARES

सप्तरी (पहिचान) असोज २४ – सप्तरीका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसा बढेपछि बलात्कार तथा यौनजन्य अपराध विरुद्ध जवाफदेहीता अभियान शुरू भएको छ । जिल्ला सदरमुकाम राजविराजमा विभिन्न पेशा र क्षेत्रका युवा, महिलाले र्याली गर्दै बलात्कार र यौनजन्य अपराध विरुद्ध जवाफदेहिता अभियानको थालनी गरेका हुन् ।

अभियानको थालनी गर्दै राजनीतिकर्मी, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी, प्रहरी, सामाजिक कार्यकर्ता, तेस्रोलिंगी, बाल क्लव, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्य विरुद्ध अभियानलाई जिल्ला व्यापी बनाइने बताए ।

लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले जिल्लाका विभिन्न ठाउँमा पछिल्लो नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धा समेत गरी ४० जना बलात्कृत भएको घटना लज्जास्पद भएको बताए ।

कोणसभामा वक्ताहरुले परम्परागत धर्म, संस्कृति, मूल्य मान्यता, सोच र चिन्तन परिर्वतन नगरेसम्म महिला विरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्य नहुने भन्दै मानवअधिकार मैत्री संस्कृतिको विकासमा जोड दिए । उनीहरुले राजनीतिमा भइरहेको अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

तेस्रोलिंगीको पीडा पनि उस्तै

समाजले महिलालाई हेर्ने दृष्टिकोण र दुव्र्यवहार झैं तेस्रोलिंगीप्रति पीडित रहेकाले अभियानप्रति ऐक्यबद्धतासहित भएको राजविराज क्षेत्रका समलिंगी तेस्रोलिंगीको अधिकारको पक्षमा लडिरहेका रामप्रकाश चौधरी ‘स्वीटी’ ले बताए । ‘म स्वयम् तेस्रोलिंगी हुँ, घर, परिवार र समाजले गर्ने दुव्र्यवहार र पीडा मैले पनि खेपेको छु’ उनले भने ‘समाजले अहिले पनि तेस्रोलिंगी, समलिंगीहरुलाई राम्रो व्यवहार गरेको छैन ।’

सप्तरी खोक्सरका तेस्रोलिंगी पुरुष मनिष यादवले आफू महिला भएपनि महिलासँग विवाह गरेपछि घरजम गर्दा परिवार र समाजले गरेको दुव्र्यवहार र उत्पीडन सहन नसकेर महिला पत्नीसँग राजविराजमा बसिरहेको बताए । जिल्लाका विभिन्न ठाउँमा तेस्रोलिंगी तथा समलिंगीहरुलाई कुटपिटसँगै बलात्कारका घटना हुँदा समेत समाज मौन बसेकाले बलात्कार तथा यौनजन्य दुव्र्यवहार विरुद्धको अभियानमा सामेल भएका मनिषले बताए ।

समाचार शेयर गर्नुहोस्
864
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.