कानून नबन्दा जोडिएको सम्बन्ध तोडियो : तामाङ

कानून नबन्दा जोडिएको सम्बन्ध तोडियो : तामाङ

काठमाडौं (पहिचान) मंसिर ३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले अधिकार प्राप्तिको अभियान संचालन गरेको १८ बर्षसम्म पनि आफ्नो यौनिकताबारे जनचेतना दिइरहेका छन् । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने उक्ति यो समुदायका सदस्यका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मत जस्तै भएको छ ।

नेपालमा रहेको ब्रिटिस काउन्सिलले समलिंगी तेस्रोलिंगीबारे बेलायतमा प्रदर्शन भएका चलचित्र देखाउने क्रममा अहिले पनि जनचेतना दिने काम प्रभावकारी बन्न नसकेको आवाज उठेको हो । थेम्स इन्टरनेशन कलेजका बिद्यार्थीले बन्द कोठामा दिइने जनचेतना प्रभावकारी बन्न सक्छ ? भनेर प्रश्न गरे । ‘कार्यक्रममा बस्दा हामी सबैले स्वीकार गर्छौ तर, बाहिर निस्केपछि हाँसी मजाक गर्छौ बिद्यार्थीले प्रश्न गरे, बन्द कोठामा दिइने जनचेतानले समाज परिवर्तन होला ?’

‘नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अभियान संचालन गरेको १८ बर्षमा नागरिकता र पासपोर्ट पहिचान अनुसार पाउन थालेका छन् समलिंगी पुरुष मानव तामाङले भने, नेपालमा समलिंगी विवाहको कानून नबन्दा मेरो जोडिएको सम्बन्ध तोडिएको छ ।’
उनले कुनै पनि अवसर नभएका कारण आफूले अन्य पहिचान भएको नागरिकता नलिएको बताए । तामाङले आफु समलिंगी भएको घर परिवारमा समेत थाहा नभएको बताए ।

‘म समलिंगी हुँ भनेर घरमा थाहा छैन, दुई जना काकालाई थाहा छ उनले भने, घर, परिवार, समाज र राज्यको हामीलाई हेर्ने दृष्टिकोण सकारात्मक नबन्दा विभेद भोग्नु परेको छ ।’ फरक हाउभाउ देखाएकै कारण बसमा यात्रा गर्दा समेत हाँसोको पात्र बन्नु परेको तामाङले गुनासो गरे ।

ब्रिटिस काउन्सिलको सहयोगमा फोटो काठमाडौंले थेम्स इन्टरनेशनल कलेजमा गरेको चलचित्र प्रदर्शनमा काउन्सिलका कला व्यवस्थापक निश्चल ओलीले समलिंगी तेस्रोलिंगीबारे जनचेतना मात्रै दिएर भन्दा पनि समाजको सोच मै परिवर्तन आउनु पर्ने बताए । ‘उहाँहरुले अभियान चलाएको १८ बर्ष भइसक्यो तर, अहिले पनि जनचेतना दिइरहनु परेको छ ओलीले भने, समाजमा रहेको पूरातनवादी सोच अन्त्य हुनु जरुरी छ ।’

फोटो काठमाण्डुका मोहित रौनियारले समलिंगी तेस्रोलिंगीबारे महिला पुरुषमा रहेको नकारात्मक सोच बदल्ने प्रयास स्वरुप चलचित्र प्रदर्शन गरिएको बताए । उनले यो समुदायलाई हेर्ने नकारात्मक मानसिकता अन्त्य नभएसम्म जनचेतना मुलक कार्यक्रम चलाइरहनु पर्ने आबश्यकता औल्याए । उनले समलिंगी तेस्रोलिंगीबारे बनेका चलचित्र अरु विभिन्न कजेलमा गएर देखाउने तयारी रहेको सुनाए ।

चलचित्र हेरेका कलेजका शिक्षक, शिक्षिका र बिद्यार्थीहरुले महिला र पुरुषमात्रै स्थापित भएको समाजमा फरक पहिचान भएका व्यक्ति पनि छन भनेर बुझाउने काम सजिलो नभएको बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.