अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा एन्जलले नेपालको प्रतिनिधित्व गर्ने

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा एन्जलले नेपालको प्रतिनिधित्व गर्ने

842
SHARES

काठमाडौं (पहिचान) फागुन ७ – नेपालमा भएको मिस पिंककी बिजेता एन्जल लामाले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । थाइल्याण्डमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा काभ्रेकी लामाले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको घृणा बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नील हिरा समाजले आयोजना गरेको मिस पिंक प्रतियोगितामा लामाले उपाधी चुमेकी थिइन । मिस पिंकमा उपाधी चुम्नेले तेस्रोलिंगी महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने गरेको छ ।

उनी यही फागुन १२ गते बैंकक जादैछिन । थाइल्याण्डको पतैयामा मार्च ८ तारिखमा हुने प्रतियोगितामा नेपालको तर्फबाट उनले प्रतिष्पर्धा गर्नेछिन । यसअघि यानी लामाले पनि तेस्रोलिंगी महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन । प्रतियोगितामा बिश्वभरका तेस्रोलिंगी महिलाहरुको सहभागिता रहनेछ ।

मिस इन्टरनेशनल क्विन प्याजेन्टको आधिकारिक फेसबुक पेजमा एन्जल लामाले आफ्नो दैनिक जीवनमा संघर्ष गरिरहेकी र संघर्षकै बीचमा उनले अझै पनि स्वीकार, माया, आदर र समानाताका लागि पहिचान खाजिरहेकी लेखिएको छ ।

प्रतियोगितामा मलेसिया, म्यानमार, युएसए, मेक्सिको, थाइल्याण्ड, पनामा, कोरिया, नेपाल, फिलिपिन्स, भेनेजुयला, जापान, ब्राजिल, क्यानाडा, इक्वेडर, भियतनाम, भारत, पेरु, निकारागुवा, लाओस, चीनबाट सहभागी हुने मिस इन्टरनेशनल क्विन प्याजेन्टको आधिकारिक फेसबुक पेजले जनाएको छ । नेपालकी एन्जलको भिडियो सन्देश पनि आयोजकले आफ्नो फेसबुक पेजमै राखेको छ ।

समाचार शेयर गर्नुहोस्
842
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.