मानव अधिकार संरक्षण गर्नु सबै आयोगहरुको उद्धेश्य : अध्यक्ष शर्मा

मानव अधिकार संरक्षण गर्नु सबै आयोगहरुको उद्धेश्य : अध्यक्ष शर्मा

930
SHARES

ललितपुर (पहिचान) चैत १२ – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मधेसी, मुस्लिम, थारु, सीमान्तकृत लगायत नेपालका सम्पूर्ण नागरिकको मानव अधिकार संरक्षण गर्ने सबै आयोगहरुको उद्देश्य रहेको बताएका छन् । हालै नियुक्त भएका विभिन्न संवैधानिक आयोगका अध्यक्षहरु तथा सचिवहरुसँग मानव अधिकार संरक्षण र संवद्र्धन सम्बन्धमा आयोगले गरेको छलफलमा शर्माले सबै नागरिकको मानव अधिकार संरक्षण गर्ने सबै आयोगहरुको उद्धेश्य रहेको बताएका हुन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोगसँग अन्य विषयगत आयोगहरुले समन्वय र सहकार्य गरी कार्य गर्नु आवश्यक रहेको समेत बताए । राष्ट्रिय मानव अधिकार आयोग सबै आयोगहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने अध्यक्ष शर्माले बताएका आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।

मानव अधिकारको क्षेत्रमा आयोगले सहयोगी एवं सहजीकरणको भूमिका निर्वाह गर्न सकोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ । शर्माले कार्यसम्पादनको क्रममा आगामी दिनमा सबै आयोगहरुबीच आउन सक्ने कामको दोहोरोपना तथा अस्पष्टतालाई हटाउन, मानव अधिकारको संरक्षणमा थप योगदान पुर्याउन, भर्खरै मात्र स्थापना भएका आयोगहरुलाई आवश्यक सहयोग पुर्याउन राष्ट्रिय मानव अधिकार आयोगले कार्य गर्नुपर्ने वक्ताहरुले बताएका आयोगले जनाएको छ ।

छलफलमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदी, मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरु प्रकाश वस्ती, सुदिप पाठक, मोहना अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराई, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय समावेशी आयोगका सचिव वासु शर्मा पौड्याल, मधेसी आयोगका सचिव सनक के.सी, थारु आयोगका सचिव आनन्दराम रेग्मी, मुस्लिम आयोगका सचिव शम्भु बहादुर खड्का लगायत आयोगका कर्मचारीहरुको उपस्थिति रहेको आयोगले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्
930
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.