संविधान दिवस र मिष्टर गे हेण्डसमको पत्र

संविधान दिवस र मिष्टर गे हेण्डसमको पत्र

काठमाडौं (पहिचान) असोज ३ – फाउण्डेशन, एनजिओ, आइएनजिओलाई समलिंगी युवाले जिज्ञासा राखेका छन् । उनको जिज्ञासा व्यक्तिगत देखिएको छैन । तस्विर उपलब्ध हुन नसकेपनि उनले कार्यालयको गेट कटेर मुलढोका पुग्नै लाग्दा जुत्ता उजाएकै हुन् ।

धारिलो प्रहार होइन भनेर थामेकै व्यक्ति नाम चलेकै गैर सरकारी संस्थाको नेतृत्व लिइरहेकोमा दुईमत छैन । नाममा कुनै विमती नलगाएको व्यक्तिले पक्षपात गरेको आरोप खेप्नु माथि उल्लेख गरेका संस्थाका लागि चुनौतीको रुपमा खडा भएको छ ।

संविधान दिवसका अवसरमा यो कुरा किन गोप्य राख्नु र ….घर घरमा झण्डा राख्नु भनेको सरकारका प्रतिनिधिले नमान्ने कुरा आउँदैन । सहमति भएपछि कसको के लाग्छ र ?

तर, देशलाई गीतमा जस्तै भुई छोडेर उड्ने हजुर पश्चिम दिशामा भने जस्तो बजाएर व्यक्तिगत स्वार्थमा नअल्झिनुहोस भन्दा गल्ती हुन्छ र ?

देशको राजधानी काठमाडौंमा बसेर आफ्नो भवन बनाउन करोड खर्च गर्ने नेतृत्व लिनु भएकोमा बधाई भन्नुको विकल्प पनि छैन । यस्तो भन्नेहरु त वरपरी नै छन नि ? कि उनीहरुलाई पनि सिध्याउने खेल खेल्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाही र बुद्ध एयरबीचको झगडा सडकमा आइरहेको छ । प्रश्न त जे गर्न पनि पाइयो नि होइन र ? लोकतन्त्रका नाममा जे पनि गर्ने छुट कसलाई हुन्छ र …

कृपया इन्टरनेटको जमानामा लुकाएर लुक्दैन । यसको उत्तर दिएमा पहिचान खोज्नुको सार्थकता होला । संविधान दिवसमा पहिचान अनुसारको नागरिकता पाउने कानून बनोस । पहिचान अनुसार पाएको नागरिकताका कारण कुनै पनि देशमा रोजगारीका कारण बञ्चित हुन नपरोस् । विदेश जानेका लागि त पासपोर्ट नै बनिसकेको छ । शुभकामना ।

यही उदार देशमा नेपालका पहिलो मिष्टर गे हेण्डसम के गर्दैछन ? पढौ यो इमेल …

आदरणीय ,
                बिषय आबश्यक छानबिन,न्याय र स्पष्ट गरिपाउँ भन्ने बारे।
उपरोक्त सम्बन्धमा मेरो नम्र निवेदन यो छ की, म बिश्वराज अधिकारी 2010देखि lgbtiq समुदाय र अधिकारको लागि local ,national and international स्तरमा वकालत गरेको, समलिंगी, तेस्रोलिंगी समुदायको उत्प्रेरकको रुपमा काम गर्न यथासक्य तत्पर ,तर आफ्नै समाज र रास्ट्रबाट पीडित ब्यक्ति हु। हो हिजो मैले जे गरे त्यो सायद सहि थिएन र त्यस्को लागि मैले हरेक तबरले माफी मागे । तर म सग बिगतमा जे जे ,जो जो बाट भयो,गरियो त्यो सबै भने पक्कै ठिक गरिएन र भनिएन होला । म अहिलेसम्म यहि छु अनि मेरो हरेक बास्तबिकतासङग तपाईंहरु बिज्ञ हुनुहुन्छ । म प्रती भएका सबै पुर्बाग्रहहरु जो तपाईंहरुले पालिरहनु भएको छ त्यो सबै नै ठिक नहुन पनि सक्छ । मैले घर, पढाई , मेरो भबिस्श्य सबै दाउमा लगाएर हिम्मत जुटाएर समुदायको एउटा हिस्सा बनेको दस बर्षपछि मेरो भबिश्यमाथी खेलवाड गर्ने जो कोहि माथी प्रश्न गर्न मन लाग्छ कि मैले  सस्था,जिम्मेवारी , नियम ,कानुनको कुरा सिर्फ समुदाय बाहिर/ र सरकारी निकायमा मात्र होइन हामी अनि हाम्रो सस्था पनि बाधिनु पर्छ अनि समुदयले सहि गति लिन्छ भनेको मात्र हो , साएद पत्रकारिताको विद्यार्थी भएर होला जाल्झेल मलाई मन पर्दैन। अभियानकर्ता सफा भए अभियान आफै सफा हुन्छ भन्ने मेरो मान्यता हो।म आफुलाई साथिसङत र रामरमिता अनि राम्रो अबसरको मात्र खोजिमा दौडिराको छैन, सबैको मन पनि बिचार गर्दै छु।।। सबैको  समुदायको जीवन खुसी र शुखी होस् , मेरो अन्तरमन देखीको कामना पनि छ। तर चेतना भया,,,,, त्यो जनावरहरुले पनि गर्छ, मान्छे हुनुको परिभाषा धेरै भिन्न र फराकिलो छ।
म सबैको भाबनाको कदर गर्छु अनि त्यही चाहन्छु , सबैको जिबनको एउटा लक्ष हुन्छ  त त्यो फरक फरक हुन्छ। सन्सारको सबै प्राकृतिक बस्तु राम्रो हुन्छ तेस्मा सोच्ने शैलीको प्रक्रियाले फरक मत, राम्रो नराम्रो, ठुलो ,सानोबीचमा आउने अन्तर नाप्ने हाम्रो मानशिक क्षमता र प्राकृतिक ज्ञानको कमाल हो
 जे सोच्नुस तर म मेरो जीवन मेरै नाम अनुसार्को पाउछु।।।म खुसी थिए ,
मैले लामो समयदेखी सिर्फ मागेको मात्र अरु केही नभएर उचित कार्य  मूल्याकंन र हाम्रो पनि कुरा सुन्ने समय  मात्र हो। तर समुदायको सम्पुर्ण कार्यभार अनैतिक, अमर्यादित , सस्थाको नियम बिपरित र सिर्फ ब्यक्तिगत स्वार्थमा लगाउने परिपाटिलाई अझ सस्थागत गर्ने काम सस्थाकै सम्पुर्ण कार्यभार सम्हाल्नुहुने आदरणीय पिन्की गुरुङ्ग बाट नै भैरहेको केही म सङ सम्बन्धित उदाहरण निम्नानुसार कुराहरुलाई यसरी प्रस्तुत गर्दछु।
1)कहाँ छ हामी सबै समान , हामी सबै भिन्न ??
2) मलाई Blue Diamond society को खरिद कमिटीबाट बिनासूचना निकाल्ने कारण
3) म लगाएत मेरो निकट समुदायको ब्यक्तिहरुलाई बिना सूचना निल हिरा समाजको साधारण सदस्यता खरेज गरिनुको कारण
4) smt र सस्थाको director को मन्जुरी पश्चात् पनि म mr.Gay world मा नियतबस बेवास्ताको कारण
5) सक्षम परियोजना अन्तर्गतको दोस्रो चरणको अन्तरबार्तालिएर , अन्तरबार्तामा पास भएर,  पासपोर्ट details सोधेर,बायोडाटा र सबै requirement पुगेको भनेर, separate accommodation को कुरा पश्चात् फेरि अन्तर्वार्ता गर्ने कुन अनि कस्तो strategy use गरेको हो ?
आबस्यक्ता भन्दा धेरै गाली , हेला,तिरस्कार,कुटपिट ,माया  पनि मैले खाएको भएर होला मेरो दिमाग पनि अरुको भन्दा अलि धेरै चलेको महशुश हुन्छ कहिले कहि । जुन कुरामा मेरो केही नियन्त्रण छैन , म नियन्तृत छु।। कुरोको चुरो के हो भने अरु कुराको त धेरै ज्ञान छैन तर म, मेरो र हाम्रो सम्म शब्दको शब्दकोष परिभाषा अनुशार केही गर्न सक्छु भन्ने बिश्वास छ जुन पूरा नहुनेमा कुनै दुई मत छैन तर त्यसमा म र मेरोलागि जिम्मेवार हुनुपर्ने घर, परिवार, साथिभाई ,समाज , र समयमा भर पर्छ कति अनि कहिलेको उत्तरहरु।। जिबनमा एउटा गुनासो जरुर हुनेछ कि फरक, परिवर्तित अनि परिश्कृत हुनु खराव भयो भन्नेमा मत धेरैले हाल्छन तथापि  संख्याको बलले सत्यता निर्धारण कदपी हुने होइन।……
तसर्थ : मेरा माथी उल्लेखित सम्पुर्ण प्रश्न अनि प्रतिक्रियामा  सहि, सत्य त चित्तबुझ्दो जवाफ , न्याय र मेरो जीवनकालमा दक्खल पुर्याउने पिन्की गुरुङलाई नियमन गर्ने निकाय , वहाँको कर्यकाल , सस्थाको institutional plan and policy , strategy माथी भएको हस्तक्षेप आदिको पनि सहि मूल्याकंन होस , मैले मेरो क्षमताले पाएको जागिरमा अनावश्यक हस्तक्षेप नहोस र सस्था एबम समुदाय राज्य र सस्थाको नियम, दाएरामा बाधियोस र यो कुरालाई सम्पुर्ण मेरा प्यारा समकालीन सथिहरु, मेरो सीनियर ,पत्रकार बन्धु, NGO /INGO ,embassy and concern government bodies हरु सम्म पुर्याइदिनु हुन, आफ्नो बहुमुल्य बिचार राखिदिनु हुन र  मलाई यथोचित न्याय दिलाउनु हुन्छ भन्ने आशाको साथ यो इमेल गर्दछु ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading