सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह (भिडियो)

सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह (भिडियो)

604
SHARES

काठमाडौं (पहिचान) कार्तिक २० – नेपाल प्रहरीको केन्द्रीय साइवर व्यूरोले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन सबैलाई आग्रह गरेको छ । ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन सबैमा आग्रह गरेका हुन् । पहिचानसँगको कुराकानीमा एसएसपी अर्यालले सामाजिक सञ्जालमा फेक आईडी बनाएर चरित्र हत्या गर्ने काम दिनानुदिन बढेकाले सचेत हुन भनेका छन् ।

‘प्रत्येक दिन करिव ३ देखि २० वटा गरि तीन महिनामा करिब २८६ भन्दा बढि अपराधका घटनाको निवेदन आएका छन्, अपराधका घटना बढिरहेकाले अपराधवाट बच्न सामाजिक सञ्जाल प्रयोग कर्ताहरुनै सचेत हुनुपर्छ उनले भने, सामाजिक सञ्जाल प्रयोग गर्दा महिला तथा बालवालिकाहरु बढि पीडित देखिएका छन् ।’

उनले सम्बन्धमा रहेका वेला पासवोर्ड तथा आफ्ना व्यक्तिगत कुरापनि सेयर हुने गरेको तर सम्बन्ध बिग्रीएपछि सामाजिक सञ्जाल प्रयोग गरि चरित्र्र हत्या गरिने भएकोले सामाजिक सञ्जालका पासवोर्ड गोप्य राखेमा अपराधवाट बच्न सकिने बताए ।

उनले अपराधवाट बच्न जनचेतना आवश्यक भएकाले बताउँदै नेपाल प्रहरीले प्रत्येक जिल्लाहरुमा जनचेतनाका कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । ‘के गर्न हुने, के गर्न नहुने जानकार हुनुपर्छ उनले भने, सकभर अपराध हुन नदिने कतै अपराध भइहालेमा नजिकको प्रहरी चौकीमा गएर निवेदन दिए प्रहरीले कारवाही गर्छ ।’

केही बिषयमा जानकार नभई त्यसलाई लाईक, कमेन्ट तथा सेयर गर्न नहुने भन्दै सबैलाई सचेत रहन एसएसपी अर्यालको आग्रह छ ।

समाचार शेयर गर्नुहोस्
604
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.