अनाथ तथा असहायलाई तेस्रोलिंगीको सहयोग

अनाथ तथा असहायलाई तेस्रोलिंगीको सहयोग

रुपन्देही (पहिचान) मंसिर १ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बुटवल– ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रित अनाथ तथा असहायलाई खाद्यान्न सहयोग गरेका छन् । गएको तिहारमा बुटवलका विभिन्न स्थानमा सामुहिक रुपमा खेलेको देउसी भैलोबाट संकलन भएको रकमबाट खाद्यान्न खरिद गरि तेस्रोलिंगी समलिंगीहरुले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरेका हुन् ।

तेस्रोलिंगी महिला विनीता शाहीको नेतृत्वमा खेलिएको भैलोबाट संकलित रकमको केहीअंश अनाथ तथा असहायलाई सहयोग गरिएको तेस्रोलिंगी महिला विनिता शाहीले बताइन । आश्रमलाई तेल, चालम, विस्कुट, जुस लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरिएको उनले जानकारी दिइन । उनले प्रत्येक वर्ष देउसी भैलो खेलेर संकलन भएको रकमको केही हिस्सा असहाय तथा अनाथका लागि खर्चिदै आएको बताइन ।

कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदामले तेस्रोलिंगी महिलाले असहायलाई सहयोग गरेर समाजमै उदाहरणीय कार्य गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा तेस्रोलिंगी महिला मनिला न्यौपाने, अवान्तिका घर्ति लगायतले अनाथ तथा असहायलाई सहयोग गरिएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.