च्याटको तस्बिरका कारण जोखिममा मोरक्कोका समलिंगी पुरुष

च्याटको तस्बिरका कारण जोखिममा मोरक्कोका समलिंगी पुरुष

काठमाडौं (पहिचान) बैशाख १७ – मोरक्कोमा गे च्याट एप्लिकेशनबाट लिइएको तस्बिर अनलाइनमा सेयर भएपछि समलिंगी पुरुष (गे) हरुमाथि दुर्व्यहार तीव्र भएको छ ।

मोरक्कोकी एक सोसलमिडिया इन्फ्लुएन्सरले समलैंगिकताको अवस्था कस्तो छ थाहा पाउनका लागि आफ्ना फलोअर्सलाई गे च्याट एप्लिकेशनमा फेक एकाउन्ट आग्रह गरेपछि सो तस्बिर सार्वजनिक भएको हो ।

संकृण मुस्लिम देश मोरक्कोमा समलैंगिकता अपराध हो । अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मोरक्को लकडाउनमा छ । तर यहि बेला त्यहाँका समलिंगी पुरुषहरु जोखिममा आएका हुन् ।

लकडाउनका कारण धेरै समलिंगी पुरुषहरु दुर्व्यहार गर्ने परिवारलाई छोडेर घर बाहिर निस्कन नपाएको अधिकारकर्मीले बताएका छन् ।

मोरक्कोका सञ्चारमाध्यमका अनुसार लकडाउनका बेला फ्रान्सबाट घर फर्किएका एक विद्यार्थीले आत्महत्या गरेका छन्, त्यसको कारण परिवारले उनी समलिंगी रहेको थाहा पाउनु रहेको बताइएको छ ।

पछिल्लो समय आफूहरुमाथि हिंसा भएको वा जोखिममा परेको बताउने समलिंगी पुरुषको संख्या बढेको बिबिसिले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading