मछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा डोरी चुडियो…(भिडियो)

मछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा डोरी चुडियो…(भिडियो)

ललितपुर (पहिचान) असार २२ – ललितपुरको दमकलचोक पुल्चोकमा अहिले रातो मछिन्द्रनाथको रथ निर्माण भइरहेको छ । असार २४ गते रथमा विराजमान गराइने मछिन्द्रनाथको रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने मछिन्द्रनाथको रथयात्रा लकडाउनका कारण अनिश्चित बनेको थियो । बैशाख १२ गते रथारोहण गर्नुपर्ने भएपनि लकडाउनका कारण धेरै समय जात्रा रोकिएपछि गत असार १० गतेबाट भने रथ निर्माण कार्य सुरु गरिएको हो ।

हाललाई रथ यात्राको साइतमात्रै सार्वजनिक गरिएको मछिन्द्रनाथलाई असार २४ गते रथमा बिराजमान गराउने तयारी छ । रथ निर्माण भइरहँदा आज विहान रथको लिंगोमा बाधेको डोरी तान्ने क्रममा चुडिएको छ ।

चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्टदेखि रथ निर्माणको काम शुरु गर्ने परम्परा थियो । तर, लकडाउनका कारण यो बर्ष ढिलो रथ निर्माणको काम सुरु भएको हो ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मछिन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।

भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading