शान्तिको कामना सहित उभयमुखी ‘गौ’ दान (भिडियो)

शान्तिको कामना सहित उभयमुखी ‘गौ’ दान (भिडियो)

काठमाडौं (पहिचान) असार २५ – झम झम पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागको हवाला दिदै सम्भावित बाढी पहिरोको पूर्वानुमान मिलेको देखिन्छ । कुनै एक ठाउँलाई देखाएर आज त्यहाँबाट सुरु भएछ भनेर आफ्नो कुरा नबोलिरहन पनि त सकिदैन ।

१० मिनेट भित्र आउन सकिन्छ नि ? गोविन्द प्रसाद तिमल्सिनाले फोन गरे । उनको आवाजले १० मिनेट भित्र नआए दुर्लभ अवसर छुट्ने सुनाए । असार १७ गते दिन पुगेको गाई आठ दिनपछि आज असार २५ गते भ्यायो । गाईलाई व्यथा लागेपछि उनले फोन गरेको सुनाए ।

गाई कुर्ने पालो अब मेरो हो ? तपाईले गाई कुर्नै वोलाउनु भएको रहेछ नि ? प्रश्नको उत्तर उनले हासेरै टारिदिए । बोली बचनमा पक्का र इमान्दार व्यक्तित्वको छवी बनाएका गोविन्दको लिला यतिमा मात्रै सिमित भने छैन ।

गोविन्दले आज उभयमुखी यज्ञ सम्पन्न गरे । एकाहबाट सुरु भएको धार्मिक कार्य आठौं दिनमा सम्पन्न भयो ।

चौत ११ गतेदेखि बन्द भएका सार्वजनिक यातायात उपत्यका भित्र चल्न दिने निर्णय सरकारले दिनुअघि नै गोविन्दको गाईले बाछो जन्माएको हो । ‘मिचि मिचि सावुन पानीले हात धुनु’ भन्ने सन्देश दिइरहेको सरकारलाई गोविन्दले दान गरेको भिडियोमा देखिएको गाई काभ्रे पुगेको छ ।

तर, गोविन्दका छोरा छोरी नामैले विश्वास गर्छन । जापानमा रहेकी उनकी छोरी लिंक आउने वित्तिकै लाइक बटमबाट रिप्लाई दिन्छिन । यो पनि गोविन्द परिवारको वफादारिता हो । आज उनले पालेका मध्ये मन परेको गाई भ्याएको छ । उनले आज उसैलाई दान गरे ।

काठमाडौं शान्तिनगरका गोविन्द प्रसाद तिमल्सिनाले उभयमुखी गौ दान गरेका छन् । परिवार, समाज, देश र विश्व शान्तिको कामना गर्दै उनले उभयमुखी गौ दान गरेका हुन् ।

विरलै देखिने उभयमुखी गौ दान भन्नाले गाईको अर्ध स्वरुप बाहिर र अर्ध स्वरुप भित्र भएको अबस्थालाई भनिन्छ । दुई बर्षअघि देखिको सोच अनुसार उनले आफ्नै गाई गोठमा पालेको पहिलो वेतको गाई भ्याउने वित्तिकै दान गरे ।

पण्डित जिवनाथ ओझाले उभयमुखी दान विरलै हुने गरेको बताए ।

हेर्नुहोस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading