कोरोना कास्टिङ मात्रै, सिनेमा देख्न बाँकी (भिडियो सहित)

कोरोना कास्टिङ मात्रै, सिनेमा देख्न बाँकी (भिडियो सहित)

काठमाडौं (पहिचान) भदौ ७- आफूलाई नेपालको खलासी भनेर चिनाउँदै आएका लक्ष्मण खड्काले देशको रक्षा गर्ने नेता नभएको बताएका छन् । अहिलेको नेतृत्वलाई डाँकाको संज्ञा दिदै उनले देशको रक्षा गर्ने नेता नभएको बताएका हुन ।
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइरहँदा सहिद गेटमा परेवालाई चारो दिदै गर्दा भेटिएका उनले बर्तमान नेतृत्वप्रति आक्रोस व्यक्त गरे ।

भारत, चीन र अमेरिकालाई आँखाको नानी जस्तो नेपाली भूमि चाहिएको भन्दै उनले अमेरिका र युरोपियन युनियनको पैसा खाएर नेताहरुले संविधान जारी गरेको गंभिर आरोप समेत लगाए ।

कोरोना नियण्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा करोडौ घोटला गर्नेहरुले घोटला गर्ने ठाउँ कतै बाँकी राखेका होलान र ? भनेर खड्काले प्रश्न गरे । बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई सिंहदरवार प्रवेशमा रोक लगाएको गुनासो उनको छ ।

उनले मास्क लगाउँदैमा कोरोना संक्रमण हुनबाट बच्न नसकिने बताए । मास्क लगाएकालाई नै कोरोना संक्रमण भएको जानकारी आफूले पाएको उनको भनाई छ । उनले कोरोना कास्टिङ मात्रै हो भन्दै पूरै सिनेमा देख्न बाँकी रहेको बताए ।
हेर्नुस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.