दूरसञ्चारका कर्मचारीले दिए वार्षिक उत्सव बहिष्कारको चेतावनी (भिडियो)

दूरसञ्चारका कर्मचारीले दिए वार्षिक उत्सव बहिष्कारको चेतावनी (भिडियो)

909
SHARES
काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले फागुन २० गते वार्षिक उत्सव मनाउने भएको छ। दुरसंचारको नियमनकारी निकायका रूपमा २०५४ सालमा स्थापना भएको प्राधिकरणले २५ औँ वार्षिक उत्सव कार्यक्रममा सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेको जनाएको छ।
भौतिक उपस्थितिमै राष्ट्रिय नाचघर जमलमा कार्यक्रम गर्ने तयारी गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। कार्यक्रममा कामको मूल्याङ्कनका आधारमा एक जना कर्मचारीलाई पुरस्कृत गरिने उनले बताए।
तर, प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले भने वार्षिक उत्सव कार्यक्रममा दुई महिनाको तलब थप नदिए बहिष्कार गर्ने चेतावनी दिएका छन्। कर्मचारीको मागमा अहिलेसम्म कुरा नमिलेको प्रवक्ता पौडेलले बताए।
कर्मचारी युनियनले वार्षिक उत्सव खर्च भनेर दुई महिनाको तलब भत्ता माग गरेको युनियनका अध्यक्ष विजयकुमार राय यादवले जानकारी दिए। जग्गा खरिद प्रक्रिया तत्काल अगाडी बढाएर आफ्नै भवन बनाउनु पर्ने, अन्य प्रदेशमा प्राधिकरणको शाखा खोल्नु पर्ने मागमा प्राधिकरणको व्यवस्थापन पक्ष सहमत नभएकाले आन्दोलन गर्नु परेको प्राधिकरणका कर्मचारीले बताए।
प्राधिकरणमा एक सय स्वीकृत दरबन्दी रहेको प्रवक्ता पौडेलले बताए।

समाचार शेयर गर्नुहोस्
909
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.