२८ अर्ब घाटामा रहेको आयल निगमको ८४ करोडमा नयाँ भवन 

२८ अर्ब घाटामा रहेको आयल निगमको ८४ करोडमा नयाँ भवन 

काठमाडौं : नेपाल आयल निगमले ८४ करोड रुपैयाँमा नयाँ भवन बनाउने काम सुरु भएको जनाएको छ। बबरमहलस्थित निगमको ५ रोपनी २ पैसा ३ दाम जग्गामा १२ तले भवन निर्माणको काम सुरु भएको निगमका सिभिल इन्जिनियर राम बन्जाराले जानकारी दिए।

बन्जाराका अनुसार १ अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि ११ वटा कम्पनीले बोलकबोल गरेका थिए। ११ मध्ये केसी समानान्तर टेलिगेयरले भ्याटसहित ८४ करोड रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता गरेको उनले बताए।

२०७८ कार्तिक १० गतेदेखि ३० महिनाको अवधि राखेर निर्माण कम्पनीसँग सम्झौता गरेको निगमले बन्जाराकै नेतृत्वमा ६ जना भवन निर्माण परियोजनामा खटाएको छ। निर्माणमा प्रयोग हुने डन्डी र सिमेन्टको ल्याब टेस्ट हुने गरेको बन्जाराले बताए।

निगमले पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु गरेको हो। भुईँ तलासहित १२ तले भवनमा २१० जना कर्मचारीले काम गर्न मिल्ने ठाउँ हुने उनले बताए। भवनमा ६० वटा गाडी र मोटरसाइकल अट्नेछन्।

आयल निगमको काम अहिले टेकु कार्यालयबाट सञ्चालन भइरहेको छ। निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट काम सुरु गर्ने निगमको इन्जिनियरिङ विभागका प्रमुख सुरज शाहले बताए।

देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्न २०२७ सालमा नेपाल आयल निगम स्थापना भएको हो। निगमले ६८,३८४ किलो लिटर कार्यगत भण्डारण क्षमता रहेको जनाएको छ। निगममा हाल लगभग ६ सय कर्मचारीहरू कार्यरत छन्।

नेपालले कुनै पेट्रोलियम पदार्थ उत्पादन गर्दैन। प्रशोधन गर्ने आफ्नै प्लान्ट पनि नभएकोले पूर्ण रूपमा आयातमा निर्भर हुनुपर्ने बाध्यता छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निगमले २८ अर्ब रुपैयाँ घाटा व्यहोरेको जनाएको छ।

निगममा झन्डै ४० वर्ष काम गरेर बिहीबार अवकाश पाएका रूपक तुण्डकार आफूले काम सुरु गरेको भन्दा अवकाश पाउनै लाग्दा काम गर्न बजेटको समस्या नभएको सुनाउँछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading