१३ देखि ५५ हजारसम्मका नयाँ स्मार्टफोन सार्वजनिक

१३ देखि ५५ हजारसम्मका नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं : नेपालमा भिभोले तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। भि र वाई सिरिजका भि २३ फाइभजी, वाई३३एस र वाई०१ स्मार्टफोनहरू सार्वजनिक गरेको भिभोले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
भि२३ फाइभजीको ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्ड कायम गरेको भिभोले जनाएको छ।
नवीन बाह्य स्वरूपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रङ्ग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरेको छ। जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढी आकर्षक देखिने दाबी भिभोले गरेको छ।
‘भिभोमा आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरूका लागि अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दर्छौ ’भिभो नेपालका सिइओ माइकलले भने,‘भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोट्र्रेट सटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ।’
उनले आइतबार सार्वजनिक भएका तीन वटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने विश्वास रहेको बताए।
भिभोका अनुसार भि२३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ।
भि२३ फाइभजी ७.३९एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहु–शैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको भिभोले जनाएको छ।
वाई सिरिजका फोनहरू सार्वजनिक
वाई३३एसको सार्वजनिकसँगै ‘फिचर–रिच स्मार्टफोन्स’ मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नवीनताहरू प्रदान गर्दै युवाहरू¬¬लाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ। ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई३३एसले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गर्दछ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ। यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ। वाई३३एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री, ५०एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ। स्लिम ८.० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ। भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र ‘अन द गो’ जेनरेशनका लागि बनाइएको भिभोले दाबी गरेको छ।
वाई०१ को स्टाइलिश थ्रिडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ। यो एक सुपर स्लिम बडीसँग आश्चर्यजनक देखिन्छ र आरामदायक ग्रिप प्रदान गर्दछ। ठुलो ब्याट्री र प्रोसेसर भए पनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो। ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ। यो डिभाइसमा ५०००एमएएच ब्याट्री रहेको छ।
मूल्य र उपलब्धता 
भिभोका तीन वटा स्मार्टफोनहरू – भि२३ फाइभजी, वाई३३एस, वाई०१ आइतबारबाट देशभर उपलब्ध हुने भिभोले जनाएको छ। भिभो भि२३ फाइभजीको मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ। यो ८जीवी प्लस १२८जीवी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रङ्गमा उपलब्ध हुनेछ।
वाई३३एस २९,९९९ रुपैयाँमा ८जीवी प्लस १२८जीवी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रङ्गमा उपलब्ध हुनेछ। वाई०१ १३,९९९ रुपैयाँमा २जीवी प्लस ३२जीवी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लु रङ्ग उपलब्ध हुने भिभोले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading