"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्थानीय चुनाव

ललितपुरको चुनावी परिणामले काँग्रेस उत्साहित, जनचाहना अनुसार काम गर्ने चिरिबाबुको प्रतिबद्धता

ललितपुरको चुनावी परिणामले काँग्रेस उत्साहित, जनचाहना अनुसार काम गर्ने चिरिबाबुको प्रतिबद्धता

901
SHARES

काठमाडौं : स्थानीय तहको चुनावी परिणाममा नेपाली काँग्रेस पहिलो दल बनेको छ। ७५३ स्थानीय तहमध्ये आइतबार दिउँसोसम्म ३ सय १३ पालिका प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
स्थानीय तहको पहिलो चुनावमा पहिलो दल बनेको नेकपा एमाले यो चुनावमा दोस्रो बन्न पुगेको छ। १९० स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।
१२० स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। गणना सकिन बाँकी ललितपुर महानगर प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन्। ललितपुरमा एमालेले महांकाल गाउँपालिका गुमाएको छ भने कोन्ज्योसोम गाउँपालिका प्रमुख पद हात पारेको छ।
बागमती गाउँपालिकामा काँग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेका छन्। महालक्ष्मी नगरपालिका प्रमुख पदमा एमाले र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
गोदावरी नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा काँग्रेसका उम्मेदवार विजयी भएका छन्। कोन्ज्योसोम गाउँपालिकामा एमालेले प्रमुख पद हात पारेको छ भने काँग्रेसले उपप्रमुख जितेको छ।
स्थानीय तहमा चुनावपछि अब सङ्घ र प्रदेशको चुनावी तयारीमा लाग्ने काँग्रेस ललितपुरका प्रवक्ता सन्तोष केसी बताउँछन्। ‘पहिलो चुनावमा जित हासिल गर्न नसकेका वडादेखि पालिकासम्म विजयी हुन सफल भएका छौँ,’केसीले भने,‘अब सङ्घ र प्रदेशको चुनावमा केन्द्रित हुन्छौ।’
चुनावमा विजयी भएका उम्मेदवारलाई जनताकाबीचमा गरेका प्रतिबद्धता अनुसार काम गर्न उनले आग्रह गरे। ‘काँग्रेसका उम्मेदवार जनताको घरघरमा पुगिरहनु पर्छ,हरेक सुख दुखमा साथ दिनुपर्छ,’उनले भने,‘जनताको मन र मत जितेर काँग्रेसका उम्मेदवारले काम गर्नुपर्छ।’
काँग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले स्थानीय तह चुनावको परिणामबाट काँग्रेस खुसी भएको बताए। ललितपुर महानगरसहित अधिकांश वडामा विजयी हासिल गराउन सिङ्गो जिल्ला कार्यसमिति सफल भएको सभापति श्रेष्ठले बताए।
उनले अब सङ्घ र प्रदेशको चुनावमा काँग्रेस होमिने बताए। ‘ललितपुरको नतिजाबाट हामी खुसी भएका छौँ, सफल पनि भएका छौँ,’उनले भने,‘अब सङ्घ र प्रदेशको चुनावमा लाग्छौँ।’
ललितपुर महानगर प्रमुखमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेका चिरिबाबु महर्जनले जनताको सेवा गरेकै कारण पुन दोहोरिने निश्चित भएको बताउँछन्। उनी आफ्नो साथमा रहेका जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता पनि जनाए।

समाचार शेयर गर्नुहोस्
901
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.