कावासोतीमा नयाँ शाखा

सेन्चुरी बैङ्कको चैतसम्मको मुनाफा १ अर्ब १ करोड ५६ लाख

सेन्चुरी बैङ्कको चैतसम्मको मुनाफा १ अर्ब १ करोड ५६ लाख

627
SHARES

काठमाडौं : सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ। ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैङ्कले जनाएको छ।
बैङ्कका अनुसार उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो। देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैङ्कले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैङ्किङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैङ्कका अनुसार बैङ्कको कुल शाखा सङ्ख्या १३७ पुगेको छ भने बैङ्कले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैङ्किङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
बैङ्कले नवलपुरको कावासोतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सेवा विस्तार गर्ने क्रममा जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ।
बैङ्कका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरेर सेवा शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दीपेश प्रधान लगायत बैङ्कका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
627
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.