चुनावी नतिजा

जनप्रतिनिधिमा ३८३ स्वतन्त्र उम्मेदवारले बाजि मारे, बृद्धभत्ता पाउने उमेरका २४५ जना निर्वाचित

जनप्रतिनिधिमा ३८३ स्वतन्त्र उम्मेदवारले बाजि मारे, बृद्धभत्ता पाउने उमेरका २४५ जना निर्वाचित

काठमाडौं : स्थानीय तह निर्वाचनमा अब पाँच पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ। वैशाख ३० मा भएको निर्वाचनमा ३४ हजार ४७१ पदको अन्तिम परिणाम सार्वजनिक भएको छ।
देशको राजधानी काठमाडौँको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भएपनि घोषणा हुन बाँकी छ। सुनसरीको धरानमा हर्क राज राई, धनुषाको जनकपुरधाममा मनोज साह सुँडी र कैलालीको धनगढीमा गोपाल हमालले उपमहानगरपालिकाको नेतृत्व सम्हालेका छन्।
चुनावमा भाग लिएका ६५ दलका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका स्वतन्त्रमध्ये ३८३ जना जनप्रतिनिधि चुनिएका छन्। निर्वाचन आयोगका अनुसार ६ जना प्रमुख, ६ जना अध्यक्ष, २ जना उपप्रमुख र २ जना उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रमुख उपप्रमुखमध्ये स्वतन्त्रबाट एक जना महिला उपप्रमुखमा निर्वाचित भएकी छन्।
दलबिना स्वतन्त्र उम्मेदवारी दिएका १३२ जना पुरुष र ३ जना महिला वडा अध्यक्षमा विजयी भए। महिला सदस्यमा ५८ र दलित सदस्यमा ५५ जना स्वतन्त्रबाट विजयी भए। खुल्ला सदस्यमा ११७ जना पुरुष र २ जना महिला निर्वाचित भए। ३५ हजार २२१ पद मध्ये राप्रपाले स्वतन्त्र उम्मेदवार निर्वाचित भएको सङ्ख्या भन्दा कम ३०२ पदमा मात्रै विजयी हासिल गरेको छ।
स्वतन्त्र उम्मेदवार भन्दा धेरै पद जित्ने दल जम्मा ६ वटा मात्रै छन्। स्वतन्त्र उम्मेदवारले दलका घक्रान उम्मेदवारको पासा पल्टाइदिएका छन्।
चुनावमामा सबैभन्दा कम पदमा निर्वाचित हुने नेपाल सद्भावना पार्टीले १ सदस्य जितेको छ भने नेकपा माओवादी समाजवादी १ महिला र १ दलित महिला सदस्यमा मात्रै निर्वाचित भएको छ।
जनता समाजवादीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी ५८१ पदमा निर्वाचित भएर पद सङ्ख्यामा छैटौँ दल बनेको छ। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका ९७९ उम्मेदवार जनप्रतिनिधिमा निर्वाचित भएका छन्।
जनता समाजवादीले १५३३ पद जितेर चौथो दल बनेको छ भने ५ हजार १९ जनप्रतिनिधि जितेर नेकपा माओवादी केन्द्रले आफूलाई तेस्रो दलका रूपमा कायम राखेको छ।
२०७४ को चुनावमा पहिलो दल बनेको नेकपा एमाले ११ हजार ७७६ पदमा निर्वाचित भएर दोस्रो दल बनेको छ। एमालेलाई उछिनेर नेपाली काँग्रेसले १३ हजार ६३० जनप्रतिनिधि जितेर पहिलो दल बनेको छ।
बृद्धभत्ता खाने उमेरका २४५ निर्वाचित
उमेर समूहका आधारमा ९० वर्षमाथिका २ जना जनप्रतिनिधिमा निर्वाचित भएका छन्। ८१ वर्षमाथिका १३ र ७१ वर्षमाथिका २३० जना जनप्रतिनिधि चुनिएका छन्।
सरकारले ७० वर्षमाथिकालाई बृद्धभत्ता दिने गरेको छ। सरकारी भत्ता बुझ्ने २४५ जना जनप्रतिनिधि बनेका हुनु। बृद्धबश्था भएका निर्वाचित जनप्रतिनिधि मध्ये काँग्रेसका मात्रै १०८ जना छन्। एमालेका ६१ र माओवादी केन्द्रका १७ जना बृद्धभत्ता खाने उमेर समूहका जनप्रतिनिधि चुनिएका छन्।
८१ देखि ९० वर्ष समूहमा एक जना स्वतन्त्रबाट जनप्रतिनिधिमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading