एसपीपी विवाद

कार्यवाहक राजदूतको ब्रिफिङ : यो सम्झौता होइन, नेपालको प्रस्ताव स्वीकृत गरिएको हो

कार्यवाहक राजदूतको ब्रिफिङ : यो सम्झौता होइन, नेपालको प्रस्ताव स्वीकृत गरिएको हो

अमेरिकी सेनासँग एसपीपी समझदारी गर्ने प्रक्रिया समेत छैन : नेपाली सेना

काठमाडौं : अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कुनै सैन्य सहयोग नभएको बताएको छ। नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले प्रस्ताव पनि नगरिएको दाबी गरेको छ।
अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले आज दूतावासमा ब्रिफिङ गर्दै एसपीपीमा १० बुँदे सहमति नगरिएको र नेपाललाई सहभागी हुन दबाब नदिएको बताए। राजदूत मिकलरले भूकम्पपछि नेपालले दुई पटक एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको बताए। उनले एसपीपीमा सहभागी हुने नेपालको अनुरोधलाई अमेरिकाले स्वीकार गरेर कोभिड महामारीमा सहयोग समेत गरेको बताए।
‘एसपीपी कुनै सम्झौता होइन, प्रस्तावित सम्झौताको डकुमेन्ट फेक हो,’राजदूत मिकलरले भने,‘नेपालले खोजेको सहयोगमा अमेरिकाका राज्यहरूसँग पार्टनरसिप गर्न सकिने भन्ने मात्रै हो, यसमा अमेरिकाले सन् २०१९ मै स्वीकृति दिइसकेको छ।’
अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले नेपाल आएर फर्किसकेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणको तयारी भएपछि संसद्मा एसपीपी सैन्य गठबन्धन भएकाले सहभागी हुन नहुने कुरा उठिरहेको छ।
तर, अमेरिकाले यो कुनै सैन्य गठबन्धन नभएको र एमसीसी जस्तो सम्झौता पनि गर्नु नपर्ने अमेरिकाका राज्यहरूसँग पार्टनरसिप गर्ने भन्ने मात्रै रहेको बताएको हो।
उनले स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन दुई पटक पत्राचार गरेको बताए। अमेरिकी दूतावासका अनुसार अमेरिकाका राज्यहरूसँग ९३ देश पार्टनरसिप प्रोग्राम सहभागी भइसकेका छन्।
दूतावासले एसपीपीमा सहभागी हुने नहुने निर्णय नेपालले गर्ने र सहभागी हुन दूतावासले कुनै दबाब नदिएको बताएको छ।
राजदूत र्‍याण्डी बेरी बिदामा भएकाले कार्यवाहक राजदूतले एसपीपीबारे ब्रिफिङ गरेका दूतावासले जनाएको छ।
यस्तै नेपाली सेनाले पनि विज्ञप्ति निकालेर एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सरकारसँग नगरेको बताएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले सम्झौता गर्ने कुनै प्रक्रिया समेत नभएको जानकारी दिएको छ।
सेनाको विज्ञप्तिमा नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाल सेवा प्रस्ट र सचेत रहेको जानकारी गराएको छ।
अमेरिकी कार्यवाहक राजदूतले पत्रकार सम्मेलन गरेर एसपीपी सैन्य गठबन्धन नभएको बताए लगत्तै सेनाले एसपीपीबारे नेपाली सेनासँग जोडेर आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading