स्वतन्त्र पार्टी

राजनीतिक दलका नेताहरूमा हैकमवादी प्रवृत्ति, जनताका आवाज नसुनिँदा एकाधिकार निम्तिने खतरा

राजनीतिक दलका नेताहरूमा हैकमवादी प्रवृत्ति, जनताका आवाज नसुनिँदा एकाधिकार निम्तिने खतरा

काठमाडौं : राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णाले दलीय व्यवस्था नै खतरामा पर्ने सङ्केत देखा परेको छ। राजनीतिक दलका नेताहरूमा देखिएको हैकमवादी प्रवृत्तिले जनताका आवाज नसुनिँदा एकाधिकार निम्तिने खतरा देखिएको हो।
काठमाडौं महानगर, धरान र धनगढी उपमहानगरमा दलविनाका उम्मेदवारले बाजी मारेपछि अबको संसदीय चुनावमा दलबिना उम्मेदवार घोषणा गर्नेहरूको ताँती नै लागेको छ।
उम्मेदवार घोषणा गर्नेहरूको भिडमा सञ्चारकर्मी रबी लामिछाने पनि उभिएका छन्। उनले स्वतन्त्र नाम दिए पनि राजनीतिक दलकै पथ पछ्याएर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।
वैकल्पिक राजनीतिक यात्रा गर्नेहरूको ओरालो यात्रा सुरु भएका बेला लामिछानेले त्यही बाटो तय गरेका छन्। १० वर्षे जनयुद्धमा लागेका डा. बाबुराम भट्टराईले संविधान जारी भए लगत्तै वैकल्पिक राजनीति भन्दै नयाँ शक्ति पार्टी छोटो समयमै उपेन्द्र यादवको पार्टीमा समाहित भयो।
एक दशकभन्दा बढी समय बेलायतमा बसेर बीबीसी नेपाली सेवामार्फत करिअर बनाएका रवीन्द्र मिश्रले साझा पार्टी खोलेर त्यस्तै असफल प्रयास गरे।
मिश्रले पार्टी विभाजन र राजावादीतर्फको झुकावका कारण निर्वाचनमा लज्जाजनक परिणामका कारण अध्यक्ष पदबाट राजीनामा नै दिए।
लामिछाने पनि करिब एक दशक अमेरिकामा बसेर नेपाल आएका पात्र हुन्। टेलिभिजनको पर्दामा सबैभन्दा लामो समय बोलेर गिनीज बुकमा नाम लेखाउन सफल लामिछाने नेपाली टेलिभिजन पत्रकारितामार्फत चर्चाको शिखरमै रहनेमा पर्छन्।
सिधा कुरा जनतासँगमा जनताका समस्या उठाएर सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका लामिछाने अब मूलधारको राजनीतिमा प्रवेश गरेर राजनीतिक भाइरल बन्ने दौडमा सामेल भएका छन्।
जनप्रतिनिधिमा ३८३ स्वतन्त्र उम्मेदवारले बाजि मारे, बृद्धभत्ता पाउने उमेरका २४५ जना निर्वाचित
सङ्घीय चुनाव आउन करिब पाँच महिना मात्र बाँकी रहेका बेला रबीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्ने बताए।
डिजिटल डेमोक्रेसीको अवधारणालाई अङ्गीकार गरेको पार्टीले चुनाव अघि नै प्रधानमन्त्री र मन्त्रिमण्डल तय गरेर चुनावमा जाने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको चेतावनी दिएका लामिछानेले कहाँबाट उम्मेदवार बन्ने भन्ने खुलाएका छैनन्।
स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारले केही तहमा पाएको सफलतालाई लिएर अबको सङ्घीय र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवार घोषणा गर्नेहरूको लर्को नै लाग्न थालेको छ।
स्थानीय चुनावले भत्कायो दलहरूको विरासत, संसदीय चुनावमा आरजु र प्रकाशमानलाई नै चुनौती
राजनीतिक विश्लेषक हरि शर्मा स्वतन्त्रहरूको तामझामलाई दलहरूप्रतिको वितृष्णाको एउटा सङ्केतको रूपमा लिनुपर्ने बताउँछन्। ‘राजनीति भनेको सम्भावनाको खोजी पनि हो। महत्त्वाकाङ्क्षी मान्छेहरूले सम्भावनाको खोजी गर्ने क्रममा स्वतन्त्र रोजेको हुनसक्छ’उनले भने,‘यो बेला राजनीतिक दलहरूप्रतिको वितृष्णा र असन्तुष्टिलाई दलहरूले सम्बोधन गर्न सकेनन् भनेर पनि हेर्न सकिन्छ।’
दलका नेताहरूप्रतिको वितृष्णाले दलीय व्यवस्था र लोकतन्त्रलाई खतरामा पुर्‍याउनेतर्फ सचेत हुनुपर्ने उनले बताए। दलभित्रका नेताहरूले जनताको आवाज नसुने स्वतन्त्र भनिनेहरूबाटै दलको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्न सक्ने विश्लेषक शर्माले बताए।
थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यवसायी तथा रूपचन्द्र विष्ट स्मारक समितिका सदस्य अजेयराज सुमार्गीले रूपचन्द्र विष्टले राजनीतिक दलको सीमा बुझेकै कारण सङ्गठन बनाउनेतर्फ ध्यान नदिएको बताए। उनले विभिन्न राजनीतिक दलमा बाँधिएका कार्यकर्ताहरूले नेतृत्वको मनपरी विरुद्ध आवाज उठाउन नसकेकै कारण नेताहरू छाडा हुँदै गएको टिप्पणी गरे।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading