सुदुरपश्चिम प्रदेश एनआरएनएसँग मिलेर काम गर्न इच्छुक

सुदुरपश्चिम प्रदेश एनआरएनएसँग मिलेर काम गर्न इच्छुक

560
SHARES

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीमा भूकम्पबाट पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको जनाएको छ। गैरआवासीय नेपाली सङ्घकी कार्यकारी अध्यक्ष रबिना थापाका अनुसार सङ्घले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ। पीडितको तत्काल राहतका लागि सङ्घले ५ लाख रुपैयाँ सहयोग गर्ने थापाले बताइन।
डोटीका भूकम्पपीडितलाई राहत दिने एनआरएनएको प्रतिबद्धता
डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु भएको छ। २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले दिएको छ। ती मध्ये १४ घर पूर्ण क्षति भएका छन्।

मुख्यमन्त्रीदेखि कमैया मुक्त बालबालिकासँग भेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गैरआवासीय नेपालीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की अध्यक्ष रबिना थापासँगको भेटमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताए।

धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली सङ्घ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको एनआरएनएले शुक्रवार विज्ञप्ति निकालेर जानकारी दिएको छ। प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनहरू इच्छुक रहेको उनले बताइन।

यस्तै प्रदेश प्रमुख देवराज जोशीले गैरआवासीय नेपाली सङ्घले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरेका छन्। अध्यक्ष थापासँगको भेटमा जोशीले सहयोगको प्रशंसा गरेका सङ्घले जनाएको छ।

अध्यक्ष थापाले धनगढीमा रहेका कमैया मुक्त बालबालिकाको समस्याका बारेमा छलफल गरेकी छन्। कञ्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंगको भेटमा विद्यालयका प्रधानाध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरीय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताएका छन्। उनले अध्यक्ष थापालाई ती विद्यार्थीहरूले भोगेका समस्याहरूको बारेमा जानकारी गराएको सङ्घले जनाएको छ।

बिहीबार भएको विद्यालय भ्रमणको क्रममा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली सङ्घले मुख्य रूपमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरेको बताइन। थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाइन।

समाचार शेयर गर्नुहोस्
560
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.