कर दिवस

सबै भन्दा धेरै कर तिर्नेलाई सरकारले गर्‍यो सम्मान

सबै भन्दा धेरै कर तिर्नेलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं : सरकारले सबै भन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा सरकारले सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा सम्मान गरेको हो।

आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा सम्मान प्रदान गरिएको छ। सबैभन्दा धेरै कर तिर्ने सूर्य नेपाललाई कर दिवसका अवसरमा सरकारले सम्मान गरेको छ।

व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहलाई पनि सम्मानित भएका छन्। शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए।

आयकरतर्फ सबैभन्दा धेरै तिर्ने करदाता नेपाल दूरसञ्चार कम्पनी बनेको छ। सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा गोर्खा ब्रुअरीले सम्मान पाएको छ।

निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैङ्कतर्फ नबिल बैङ्क धेरै कर तिर्ने बनेका छन्।

बिमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्।

सबै भन्दा धेरै कर तिर्ने वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यमस्तरीय करदाताका रूपमा नेपाल स्टक एक्सचेन्जलाई पनि सरकारले सम्मान गरेको छ।

आईएमई रेमिटेन्स सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्ति निकालेर अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति सन्दीप कुमार अग्रवाललाई सम्मान गरेको जानकारी दिएको छ।

वस्तु व्यापारतर्फ महासङ्घका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि., वरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खाने तेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन्।

कर दिवसको यो वर्षको नारा ‘स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ तय गरिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading