महालेखापरीक्षकको प्रतिवेदन

१ लाख ११ हजारको राहत वितरण गर्दा हेलिकप्टर भाडा मात्रै २८ लाख

१ लाख ११ हजारको राहत वितरण गर्दा हेलिकप्टर भाडा मात्रै २८ लाख

623
SHARES

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गयो। एउटा बस्ती नै सखाप भयो। भुगर्वविदहरुले लिदीलाई उच्च जोखिममा रहेको क्षेत्र भने पनि सरकारले त्यसको पूर्व तयारी नगर्दा २०७७ साउन ३० गते ३७ जनाको पहिरोमा पुरिएर मृत्यु भयो। २ जना बेपत्ता भए।

पहिरो पीडितलाई राहत वितरण गर्न बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग भयो। निजी वायु सेना कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग भएको विवरण महालेखापरीक्षकको उनान्साठीऔं प्रतिवेदनमा लेखिएको छ।

मन्त्रालयले पहिरोबाट प्रभावित परिवारलाई १ लाख ११ हजार मूल्य बराबरको दाल, चामल, स्वास्थ्य लगायतका राहत सामग्री वितरण गर्न प्रयोग गरेको हो हेलिकप्टर। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले हेलिकप्टरको भाडा बापत मात्रै २५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा लेखिएको छ।

एक निजी वायुसेवा कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरे बापत ३ लाख रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ। हेलिकप्टर भाडामा लिई १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ। यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
623
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.