‘डिप्रेसनको कारण ठ्याक्कै एउटै हुँदैन’

‘डिप्रेसनको कारण ठ्याक्कै एउटै हुँदैन’

काठमाडौं : सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनास्थलबाट तत्कालै उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

सुशासन, भ्रष्टाचार, महँगी, बेरोजगारी, बेतिथि लगायतका दर्जनौँ समस्याको चाङकाबीच जनताका थानका थान अपेक्षा छन्। जुन सरकार बने पनि देखिने गरी काम गर्न नसकेपछि आलोचना हुने गरेको छ।

राज्य संयन्त्रप्रतिको असन्तुष्टिले डिप्रेसनमा पुगेका आचार्यले मङ्गलवार आत्मदाहको प्रयास गरे। बुधवार उनको निधन भयो। डिप्रेसन किन हुन्छ भनेर हामीले ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीसँग कुराकानी गरेका छौ :

मनोरोग मध्ये डिप्रेसन प्रमुख मनोरोगमा पर्छ। यसको कारण ठ्याक्कै एउटै भन्ने हुँदैन। यसमा जैविक कारणहरू हुन्छन्, मनोवैज्ञानिक कारणहरू हुन्छन्, सामाजिक विषयहरू पनि हुन्छन्। जसको कारणले गर्दा मान्छेमा डिप्रेसनको सिकार हुने सम्भावना बढिरहन्छ।

चिन्ने कसरी?

चिन्नलाई सजिलो छ। दुई हप्ताभन्दा बढी समयसम्म दिनमा धेरै जसो समय लगातार रूपमा कुनै व्यक्तिमा निराशा छ, दिक्दारी छ। पहिले पहिले रुचि लाग्ने, रमाइलो लाग्ने कुराले रमाइलो दिन छोड्छ। होपलेस निराशावादी चिन्तनका कुरा गर्न थाल्छ। हेल्पलेस फिल गर्छ।

प्रेम आचार्यको आत्मदाह : जनआक्रोस सतहमा, नेताहरू दोष थुपार्ने होडबाजीमै व्यस्त

भोक निन्द्रामा गडबड आउँछ। अनि अलिकति अगाडि बढिसकेपछि आत्महत्याका सोचहरू आउन थाल्छन् भने त्यो व्यक्ति कतै डिप्रेसनको सिकार भएको हो कि? भनेर आफूले आफ्नो परिवारले नोटिस गर्नुपर्छ। त्यस्ता व्यक्तिलाई तुरुन्तै मनोचिकित्सककोमा लिएर जानु पर्छ।

उपचारमा किन जाँदैन?

यो उपचार गरेर पूर्ण रूपमा निको हुने समस्या हो। हाम्रो समस्या के छ भने मानसिक रोग, मानसिक समस्या भनेपछि लुकाउने चलन हुन्छ। धेरै मान्छेहरूलाई समस्यामा गाँज्ने यो समस्यालाई अरू रोगहरूको लागि मान्छेहरू खुलेर कुरा गर्ने जस्तो हाइपरटेन्सन भयो, डाइविटिज भयो खुलेर प्रतिष्ठाका साथ कुरा गर्ने तर मानसिक रोग भने लुकाउने चलन छ। सामाजिक रूपमा कलङ्कित गर्ने जुन तरिका छ, समाजले हेर्ने दृष्टिकोणका कारण पनि मान्छे उपचार आउँदैन। अलिकति विक्षिप्ततामा गइसकेपछि आत्महत्यामा उद्धत भइसकेपछि मात्र बल्ल थाहा हुन्छ।

सुझाव के छ?

कुनै पनि मनोसामाजिक समस्या, मानसिक रोगका लक्षणहरू जस्तो विना कारण भोक निन्द्रामा गडबडायो, विना कारण मान्छे निराश हुन थाल्यो, टोलाउन थाल्यो, अस्वाभाविक व्यवहार देखाउन थाल्यो, निराशाका कुराहरू, सुसाइटका थर्टसहरु एक्सप्रेस गर्न थाले भने मानसिक समस्या हो कि भन्ने सोचेर तुरुन्तै मनोचिकित्सक, मनोपरामर्सदाताको जानु पर्छ। मानसिक समस्या पनि अरू रोग जस्तै रोग हो। यो स्वास्थ्य समस्या हो। यसलाई हल गर्न सकिन्छ। ट्रिट गर्न सकिन्छ भन्ने हिसाबले लिनुपर्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading