रविबाट प्रताडित महिलाले खोलिन पोल

रविबाट प्रताडित महिलाले खोलिन पोल

काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले विगतमा रवि लामिछानेको टेलिभिजन प्रस्तुतिबाट आफू पीडित बनेको बताएकी छन्। लामिछानेको विना आधार र प्रमाणका राजनीतिक दुराग्रहयुक्त प्रस्तुतिले प्रताडित भएको भण्डारीले उल्लेख गरेकी छन्।

‘राजनीतिक मैदानमा आएको १ वर्ष नपुग्दै तपाईँ हायल कायल हुनु भएको देख्दा कति कठिन र पूर्वाग्रही प्रहार खेप्नु पर्दो रहेछ राजनीतिक जीवनमा भन्ने चेत खुल्यो नै होला,’भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘विगतमा आफूबाट भएका दुराग्रही प्रस्तुतिले परेको चोट प्रति क्षमा समेत माग्नु भएको भए अझै उत्तम हुने थियो।’


भण्डारी धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर हुँदा लामिछानेले न्युज २४ टेलिभिजनमा ‘६३ लाखको मासु र रक्सी, हेर्नुहोस् कम्युनिस्ट पार्टीका नेताहरूको लुट’ भन्ने प्रस्तुति दिएका थिए। ‘न होटेलको बिल, न मासु र रक्सीमा खर्च गरेको प्रमाण केही थिएन,अन्नपूर्ण पोस्टले समाचार लेख्यो,रवि लामिछानेले त्यसैलाई क्यारी गरेर उफ्रिउफ्री चिच्याए,’पहिचानसँग कुरागर्दै भण्डारीले भनिन्,‘लामिछानेको त्यो समाचार भाइरल भयो,अपुष्ट र आधारहीन समाचारले मेरो निष्ठामा चोट पुग्यो।’

बालुवाटारले नपत्याएका रविलाई बालकोटको भर

फाइभ डब्ल्यु वान एचको आधारभूत मान्यता समेत प्रयोग नगरेर चोट दिने रविले बल्ल आफूलाई पर्दा मात्रै म्याउँ गरेको उनले बताइन। सत्य, तथ्य, आधार र प्रमाणविनाका समाचार त्यतिकै प्रहार गर्दा त्यसबेला आफू प्रताडित बन्न पुगेको भण्डारीले उल्लेख गरेकी छन्।

नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि सबै पद गुमाएका लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा मिडियालाई तथानाम गाली गरेका थिए। मिडिया हाउस घेर्नेसम्मको चेतावनी दिएका लामिछानेको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

‘रविको धम्कीपूर्ण अभिव्यक्ति समग्र सञ्चार क्षेत्रमाथिको प्रहार’

रविको आक्रोश मिडियामा : गलत समाचार लेखे घेर्ने चेतावनी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading