टर्कीमा भूकम्प : नेपालीलाई सुरक्षित क्षेत्रमा सारिदिन परराष्ट्रमन्त्रीको आग्रह

टर्कीमा भूकम्प : नेपालीलाई सुरक्षित क्षेत्रमा सारिदिन परराष्ट्रमन्त्रीको आग्रह

513
SHARES

काठमाडौं : परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले बुधवार टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेर शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छन्।

टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको मन्त्री पौड्यालको निजी सचिवालयले जनाएको छ।

वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह समेत गरेकी छन्।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन।

भूकम्प : टर्कीमा रहेका नेपाली सुरक्षित

टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिए। उनले नेपाल सरकारलाई धन्यवाद दिए।

सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ।

समाचार शेयर गर्नुहोस्
513
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.