राष्ट्रपति चुनाव : पौडेल ढुक्क, नेम्वाङलाई प्रचण्डकै आश

राष्ट्रपति चुनाव : पौडेल ढुक्क, नेम्वाङलाई प्रचण्डकै आश

काठमाडौं : राष्ट्रपति पदका लागि नेपाली काँग्रेस र नेकपा एमाले भिड्ने भएका छन्। फागुन २५ गते हुने निर्वाचनका लागि काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ भिड्ने भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित पौडेल र नेम्वाङ दुवै पूर्वसभामुख हुन्। राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तित्व आउने हल्लाकाबीच राजनीतिक व्यक्तित्व नै उम्मेदवार बनेका छन्।

पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर काँग्रेस सभापति शेरबहादुर देउवाले सभापति बन्न लगाएको गुण तिरेका छन्। देउवा दाहिना बन्दा पौडेलले राष्ट्रपति उम्मेदवार बन्ने अवसर पाए।

पुस १० मा भएको भनिएको सहमति तोडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छन्। आठ दलसँग सहमति गर्नु अघिसम्म माधव नेपालसम्मलाई राष्ट्रपतिमा प्रस्ताव गरेका एमाले अध्यक्ष ओलीले गठबन्धन तोडिएपछि मात्रै नेम्वाङलाई उम्मेदवार बनाए।

उम्मेदवारी दिए लगत्तै नेम्वाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्न सक्ने बताएका छन्। ‘यो राष्ट्रिय सहमति मेरै हकमा पनि हुन सक्छ, त्यो राष्ट्रिय सहमति कसरी गर्ने, प्रतिस्पर्धा भयो भने प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्ने,’उम्मेदवार मनोनयनपछि नेम्वाङले भने,‘हामीले बनाएको सिस्टम त त्यही न हो।’

काँग्रेसमा कोइराला क्याम्प परिवर्तन गरेर देउवा क्याम्पमा लाग्दा पौडेल राष्ट्रपतिको उम्मेदवार बने। प्रधानमन्त्रीमा १७ पटकसम्म प्रतिस्पर्धा गरेका पौडेल आठ दलको समर्थन पाउँदा राष्ट्रपति बन्नेमा ढुक्क देखिएका छन्। पौडेलले गणतन्त्र रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको बताएका छन्। ‘गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ,’पौडेलले भने,‘गणतन्त्र संस्थागत गर्नुपरेको छ।’

राष्ट्रपति चयन : ओली-प्रचण्ड आमनेसामने

आठ दल राष्ट्रपतिका उम्मेदवार पौडेलको प्रस्ताव र समर्थक बसेका छन्। एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी खुलेका छैनन्।

एमाले अध्यक्ष ओली भने अझै पनि पुस १० को सहमति कार्यान्वयन हुने र राष्ट्रपतिमा नेम्वाङ निर्वाचित हुने आशामा छन्। आठ दलका नेताहरूले चिया मात्रै खाएको भन्दै ओलीले त्यो सबै भोटमा परिणत नहुने बताए।

‘समस्या छैन पुस १० गते हामीले सहमति गरेका छौ,अब अलिकति प्रचण्ड जिले के अप्ठ्यारो पर्‍यो, के के दबाब पर्‍यो भनिरहनु भएको छ,’ओलीले भने,‘तर उहाँले सम्झौता अनुसार भोट हाल्नु हुन्छ भन्ने हामीलाई छ,आठ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ?’

एमालेले राष्ट्रपति उम्मेदवारमा नेम्वाङलाई समर्थन माग्दै पत्राचार नै गरेको छ। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष ओलीले पत्र पठाएर सहयोग मागेका छन्।

काँग्रेसको आफ्नै उम्मेदवार भएकाले काँग्रेस बाहेक अरू सबै दललाई पत्राचार गरेर सहयोग माग्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गुरुङले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading