निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्च अदालतमा ‘गोला प्रथा’ हटाउने लबिङ

सर्वोच्च अदालतमा ‘गोला प्रथा’ हटाउने लबिङ

713
SHARES

काठमाडौं : नेपाल बार एसोसिएसनले गोला प्रथा हटाएर पूर्ण स्वचालित प्रणालीमार्फत पेशी व्यवस्थापन गर्न आग्रह गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बारका पदाधिकारीहरूले १५ दिनभित्र प्रक्रिया सुरु गर्न अल्टिमेटम दिएका छन्।

बारकी महासचिव अन्जिता खनालले न्यायपालिका सुधारका लागि कार्की संयोजकत्वले बुझाएको प्रतिवेदन कार्की नै कामु प्रधानन्यायाधीश हुँदा समेत कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको जानकारी दिइन।

१०९ दिनको आन्दोलनपछि सर्वोच्च अदालतले गोला प्रथाबाट पेशी व्यवस्थापन कार्यान्वयन गरे पनि यो स्थायी नभएकाले पूर्ण स्वचालित प्रणालीमार्फत नै गर्न आग्रह गरिएको महासचिव खनालले बताइन।

प्रधानमन्त्री प्रचण्ड आफैँ अलमलमा पर्दा चोलेन्द्रको महाभियोग डिसमिस

प्रतिवेदन कार्यान्वयनको आन्दोलनका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले निलम्बनकै अवस्थामा अवकाश पाएका छन्। बारले अहिले त्यही विषयलाई उठाएको छ।

प्रतिवेदन कार्यान्वयन नगरे आन्दोलन गर्ने बारले चेतावनी समेत दिएको छ। बारका पदाधिकारीहरूसँगको भेटमा कायममुकायम प्रधानन्यायाधीश कार्कीले प्रतिवेदन कार्यान्वयन गर्न बजेट अभाव भएको बताएका छन्। प्रतिवेदन कार्यान्वयन सकारात्मक रहेको कार्कीले बताउनु भएको महासचिव खनालले जानकारी दिइन।

बारको आन्दोलनले तत्कालीन प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसयता सर्वोच्च अदालतमा एक वर्षदेखि कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन्।

विचाराधीन मुद्दा सक्न ७ वर्ष…

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया र सर्वोच्च अदालतमा रिक्त न्यायाधीश प्रक्रिया तत्काल गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन।

न्यायाधीश, बजेट, स्रोत र साधनको कमी भएका कारण सर्वोच्च अदालतमा हाल २८ हजार आठ सय ५२ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
713
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.