मन्त्रिपरिषद् विस्तार : घेराबन्दीमा प्रचण्ड

मन्त्रिपरिषद् विस्तार : घेराबन्दीमा प्रचण्ड

काठमाडौं : सत्ता गठबन्धन मन्त्रीपरिषद् विस्तार गर्नु फलामको चिउरा चपाउनुजस्तै भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको एक सय दिन पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

राजनीतिमा सय दिनलाई हनिमुन पिरियड भनिन्छ। प्रचण्ड प्रधानमन्त्री बनेको सय दिन पुग्न अब एक साता मात्रै बाँकी छ। सय दिनसम्म सरकारले थुप्रै राम्रो कामको सुरुवात गरिसक्नुपर्ने हो तर गठबन्धन बदल्ने र सत्ता भागबन्डामा केन्द्रित दलहरूका कारण जनताको काम ओझेलमा परेका छन्।

एमाले र राप्रपा लगायतका दल सरकारबाट बाहिरिए पछि विश्वासको मत लिएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री प्रचण्ड हाल दश दलको घेराबन्दीमा परेका छन्।

गठबन्धन बदल्दै बित्यो प्रचण्डको तीन महिना

आफूलाई दोस्रो पटक विश्वासको मत दिएका सबैलाई सरकारमा सहभागी बनाउने सोचेका प्रधानमन्त्रीलाई मन्त्री बाँड्न सकस परेको छ। जसका कारण मन्त्रीपरिषद् विस्तारको निर्णय गर्न मङ्गलवार बसेको गठबन्धनको बैठक पनि निष्कर्षमा पुग्न नसकेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

मन्त्रीको नाम टुङ्गो लाग्न नसके पछि गठबन्धनका दलले सरकारको न्यूनतम साझा कार्यक्रम तिर ध्यान मोड्न थालेका छन्। प्रमुख सचेतक लेखकले गठबन्धन दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको जानकारी दिए। ‘सरकारको न्यूनतम साझा कार्यक्रम पूर्ण भइसकेको छैन, मस्यौदा पेस भएको छ,’लेखकले भने,‘भोलि त्यसमा छलफल गर्ने कुरा भयो।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पछि उनले मन्त्रिपरिषद् विस्तारमा जति नै ढिला भए पनि गठबन्धन भने नफुट्ने बताए। उनले गठबन्धनलाई दिगो बनाउन सबै प्रतिबद रहेको बताए। उनले मन्त्रालय भागबन्डामा कुरा मिल्ने र चाडै सरकार विस्तार हुने दाबी समेत गरे।

मन्त्रालय भागबन्डाको खाका तयार, गठबन्धनको बैठकमा पेस गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : भेटघाट बन्द गर्नुहोस्, आधा घण्टा सोच्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading