सरकारको कार्यशैली ओलीका लागि गाली गर्ने मसला

सरकारको कार्यशैली ओलीका लागि गाली गर्ने मसला

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता गठबन्धनको कार्यशैली गाली गर्ने मसाला बनेको छ। १० मुख १० तिर फर्किदा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको कार्यशैली ओलीका लागि गाली गर्ने मसला बनेको हो।

द्वन्द्वका घटनामा अन्तर्राष्ट्रिय अदालतसम्म पुर्‍याउने धम्की सुनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० मा प्रधानमन्त्री बनाइदिन ओली निवास बालकोट पुगे। तर, अहिले बालकोट धाउनु पर्ने बाध्यता प्रचण्डलाई छैन।

प्रचण्ड ओली निवास जान छोडेका छन्। जाने काम नै परेको छैन प्रचण्डलाई। ओलीको बालुवाटार आउजाउ पनि लगभग शून्य जस्तै छ। काँग्रेससँगको पुरानो गठबन्धन ब्युत्याएपछि ओली पनि पुरानै शैलीमा गाली पुराण सुनाउन थालेका छन्।

ओली अहिले कार्यकर्ता केन्द्रित अभियान लिएर देश दौडाहामा निस्केका छन्। चुनावी परिणामपछि प्रधानमन्त्रीमा प्रचण्डलाई सहयोग गरेर आराम गरेका ओली डेढ वर्षदेखि देशमा अलछिन पसेको कार्यकर्तालाई सुनाइरहेका छन्। प्रधानमन्त्री बन्ने रहर नभएको समेत बताउन भ्याएका ओलीले मिसन ग्रासरुट’ अभियानअन्तर्गत बुधवार रुपन्देहीमा गठबन्धन सरकार बनेदेखि अलछिन पसेको बताए।

गृह माओवादी र अर्थ काँग्रेसले लिने पक्का, दलहरू मन्त्री छान्न व्यस्त

पुस १० गते पछि एमाले दुई महिना सरकारमा सहभागी भएको थियो। तर, ओलीले भने डेढ वर्षदेखि नै देशमा अलछिन पसेको बताएका हुन्। ‘यो त मुलुकमा सलह पसेको भन्थे पहिले, यो दश वटा गठबन्धन त सलह पसेको भन्दा बढ्ता एकै छिनमा बाली सखाप त्यस्तो भयो,’ओलीले भने,‘यो डेढ वर्षमा काम हुँदै गरेका योजना पनि ठप्प, बजेट छैन, पैसा छैन, अलछिन पसे जस्तो भएको छ।’

राजनीतिक नेताहरूमा गाली गर्न माहिर एमाले अध्यक्ष ओलीले माधव नेपालसँग झगडा गर्दा पार्टी दुई टुक्रा बनेको छ। ओलीसँग अध्यक्षमा चुनाव हारेका भीम रावलले एमाले छोड्न बाध्य पार्ने कोसिस भइरहेको बताइरहँदा ओली भने आफूसँग मुखमुखै लाग्नेलाई पार्टीबाटै निष्कासन गर्ने जङ्गबहादुर प्रवृत्ति देखाइरहेका छन्।

ओलीको निशाना बनेका माधव नेपालले एकीकृत समाजवादी पार्टी खोलेका छन्। पार्टी फुटेको असर मङ्सिर ४ को चुनावमा परेपछि संविधान अनुसार ठुलो दलको हैसियतमा सरकार बनाउन समेत नपाउने भएको छ एमाले। त्यो रिस पनि ओलीले देश दौडाहा अभियानमा माधव नेपालमाथि पोखेका छन्।

उनले माधव नेपाललाई फाटोवादीको संज्ञा दिँदै पार्टीको नाम एकीकृत लेखेकोमा व्यङ्ग्य गरे। ‘जो फाटोवादी छ, उसले एकीकृत लेख्छ, जो पुँजीवादीको पुच्छर छ, त्यसले समाजवादी लेख्छ, नाम पनि हेर्नुहोस् न एकीकृत समाजवादी रे,’ओलीले भने,‘हुँदा खादाको पार्टी फुटाएर, एमाले हराउन काँग्रेसका पछाडि स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै कुद्नेहरू समाजवादी, एकीकृत, फाटोवादीहरू।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading