झन्डै ३ अर्ब ऋण तिर्याे निगमले : संजय कोष र नागरिक लगानी कोषले लिए ब्याजको पनि ब्याज

झन्डै ३ अर्ब ऋण तिर्याे निगमले : संजय कोष र नागरिक लगानी कोषले लिए ब्याजको पनि ब्याज

काठमाडौँ : नेपाल वायु सेवा निगमले असारदेखि चैत मसान्तसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ ऋण तिरेको जनाएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई जहाजको ऋण बापत चैत महिनामा मात्रै निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण तिरेको जनाएको छ।

दुई न्यारोबड र दुई वाइडबड जहाजको लागि लिएको ऋण दायित्वको २०७९ चैत्र महिनाको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१२ रुपैयाँ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

तीन वटा जहाज खरिद गर्दै वायुसेवा निगम

निगमले आषाढमा १ अर्ब ३५ करोड, आश्विनमा ७३ करोड ९ लाख ५५ हजार २८१, पौषमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैत्रमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय चवालिस रुपैयाँ रकम भुक्तानी गरेको जनाएको छ।

निगमले विश्वव्यापी कोरोनाको असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न माग गरेको छ।

किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिए।

दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

लुम्बिनीबाट मलेसिया र दिल्ली उडानका लागि स्पेसल टाक्स फोर्स गठन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading