उम्मेदवारको अन्तिम प्रचार, शुक्रवारदेखि मौन अवधि

उम्मेदवारको अन्तिम प्रचार, शुक्रवारदेखि मौन अवधि

काठमाडौँ : निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसारमा निषेध गर्ने भएको छ। वैशाख १० गते आइतबार बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य चुन्न हुने मतदानको केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध अवधि कायम गरेको आयोगले जनाएको छ।

आयोगले विज्ञप्ति निकालेर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको उल्लेख गरेको छ।

प्रचारप्रसार निषेध गरिएको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन। उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ।

रविले भोट मागेका वाग्लेसँग सतर्क रहन भट्टराईले गरे अपिल

निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन पनि आयोग आग्रह गरेको छ।

आयोगले निषेध गरेका अवधि उल्लङ्घन गर्नेलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम कारबाही हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

चुनाव प्रचारको अन्तिम दिन उम्मेदवारहरूलाई भ्याइनभ्याइ भएको छ। तनहुँ, चितवन र बारामा उम्मेदवारहरूलाई भोट मागिदिनेहरूको पनि ओइरो लागेको छ। शुक्रवारदेखि प्रचारप्रसार बन्द हुने छ। मौन अवधि सुरु हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading