पूर्वराजा सपरिवार भारतमा, प्रचण्ड जाने टुङ्गो भएन

पूर्वराजा सपरिवार भारतमा, प्रचण्ड जाने टुङ्गो भएन

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ५ महिना हुन लाग्दा समेत विदेश भ्रमणको कुरा मात्रै भइरहेको छ।

पहिलो विदेश भ्रमण चीन कि भारतबाट सुरु गर्ने भन्ने अन्यौलताकाबीच भारतलाई नै पहिलो प्राथमिकता दिँदै भारतबाटै पहिलो विदेश भ्रमण गर्ने तय गरेका प्रधानमन्त्रीलाई अहिले सम्म भारतले भ्रमणको निम्तो दिएको छैन।

केही समय अगाडी मात्रै भारतले प्रधानमन्त्रीलाई मिति नै तोकेर भ्रमणको निम्तो आएको दाबी गरिए पनि परराष्ट्र मन्त्रालयले मिति सार्वजनिक गरेको छैन।

गाँठैगाँठाले जेलिएको प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकिरहेका बेला जनताको मुद्दा र समस्याका चाङ टोकरीमा थन्किएका छन्।

प्रधानमन्त्रीलाई नै चुनौती दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार सपरिवार भारत भ्रमणमा लागेका छन्। नेपालगन्जमा नागरिक अभिनन्दन लिएर राजतन्त्र फर्काउन आव्हान गरेका ज्ञानेन्द्र शुक्रवार भारत लागेका हुन्।

पूर्वराजा ज्ञानेन्द्रले भने, पुरानो गौरव फर्काउनका लागि उठौँ

निजी भ्रमण भन्दै निस्किएका ज्ञानेन्द्रले भारतमा एक साता बिताउने पूर्वराजाका निजी सचिव फणीन्द्रराज पाठकले जानकारी दिए। भारत भ्रमणको मक्सदबारे भने पाठकले खुलाउन चाहेनन्। ‘म सँगै गएको छैन,’उनले भने,‘विशुद्ध पारिवारिक भ्रमण भन्ने मात्रै जानकारी छ।’

पछिल्लो समय नेपाल सरकारप्रति चीन र भारतले खासै चासो देखाएका छैनन्। सरकारले परराष्ट्र नीतिलाई ब्यालेन्समा राख्न नसक्दा न त भारतले नै नेपाललाई महत्त्व दिएको छ न त चीनले नै दिएको छ।

उनीहरूले प्राथमिकतामा राख्न छोडेपछि नेपालबाटै निम्तो पठाइदिन गुहार गर्दै सरकारी तहबाटै एक हुल मानिस गए पनि भारत मुन्टो हल्लाउन तयार देखिएको छैन।

बरु व्यवस्थाबाटै लखेटिएका राजालाई नै भारतले उच्च महत्त्व दिन थालेको टिप्पणी हुन थालेको छ। पछिल्लो समय व्यवस्था विरुद्ध आवाज नै उठाउन थालेका ज्ञानेन्द्रले जनतासँग राय समेत माग्न थालिसकेका छन्। वर्तमान सरकार गठन भएपछि पूर्वराजाको भारत भ्रमण यो दोस्रो हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading