पूर्वराजा ज्ञानेन्द्रले भने, शरणार्थी बनाउने हर्कतले देशको गौरव लोप भएर गयो

पूर्वराजा ज्ञानेन्द्रले भने, शरणार्थी बनाउने हर्कतले देशको गौरव लोप भएर गयो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाउने हर्कतले देशको इज्जत र गौरव लोप भएर गएको बताएका छन्।

देशभित्रै बसौँ, देश मै पसिना बगाऊँ र आफ्नो पौरखले आफ्नै देश सपारौँ भन्ने भावना हराउँदै गएको शाहले उल्लेख गरेका छन्।

‘नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत,गौरव सबै लोप भएर गएको छ,’ज्ञानेन्द्रले भने,‘देशभित्रै बसौँ, देश मै पसिना बगाऊँ र आफ्नो पौरखले आफ्नै देश सपारौँ भन्ने भावना हराउँदै गएको छ।’

सुदूरपश्चिमको धनगढीमा सम्बोधन गरेका शाहले के नयाँ नेपाल भनेको यही हो? भनेर प्रश्न गरेका छन्। ‘के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबै थोक खोसिएको त छैन?’ज्ञानेन्द्र भने,‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ।’

उनले आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ता द्वारा आफ्नो युगानुकूल उन्नति चाहने उल्लेख गरेका छन्। सोझा साझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्क्याउँदै आफ्नो स्वार्थ सिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको पूर्वराजा ज्ञानेन्द्रले बताए।

‘त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अङ्गाल्ने?’उनले भने,‘सोचौँ गहिरिएर सोचौँ ,अझ दिलै देखि सोचौँ, नेपाली भएर सोचौँ, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौँ,देशभन्दा ठुलो अरू केही हुँदैन।’

पूर्वराजा ज्ञानेन्द्रले आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरूलाई अलमल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य नसप्रिने भनेका छन्।

‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर ,अरूलाई अलमल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन’उनले भने,‘भोलिको सुन्दर सपनालाई साकार र बिपना बनाउन नेपाली मत,मान्यता तथा मनोभावना अनुसार–नेपाली जनतालाई नै जिम्मा दिऊँ– यसैमा हाम्रो कल्याण छ।’

पूर्वराजा ज्ञानेन्द्रले भने, पुरानो गौरव फर्काउनका लागि उठौँ

ज्ञानेन्द्रले चार दशक अघि आफ्नो आवश्यकतालाई परिपूरण गरेर धान चामल निर्यात गर्ने गरेको बताउँदै अहिले ग्रामीण तथा सहरी कलकारखाना,साना लघु उद्योग धन्दाहरू कता बिलाए? किन हराए? भनेर प्रश्न गरेका छन्।

‘जल जमिन जङ्गल जडीबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ। हाम्रा घर आँगन पीढी र छिँडीमा चल्ने जन शिल्पीका कैयन् कुटी र उद्यम व्यवसायहरू पुरापुर लोप भएर गएका छन्,’उनले भने,‘हिजोका हाम्रो अग्रजहरू र हाम्रा पौरखी पुस्ताहरूलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने? यस्ता थुप्रै प्रश्नहरू तपाई हामी सामु छन्।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading