बजेट निर्माणमा अनधिकृत व्यक्ती संलग्न भएको विषय सामसुम

बजेट निर्माणमा अनधिकृत व्यक्ती संलग्न भएको विषय सामसुम

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ती संलग्न भएको विषय संसद्मै सामसुम भएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले करका दर हेरफेरको विषयमा छानबिन गर्न संसदीय समिति गठन नगरे मङ्गलवारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए।

बजेट निर्माणमा सूचना चुहाउँदा ११ सय भन्दा बढी विद्युतीय गाडीहरू भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको प्रतिपक्षी दलको प्रश्नमा अर्थमन्त्री डा.प्रकाशशरण महतले त्यसरी सूचना चुहिएको साँचो नभएको दाबी गरे।

बजेट निर्माणमा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएको प्रश्नमा अर्थमन्त्री महतले उनी ३० वर्षदेखि बजेट निर्माणमा काम गर्दै आएको प्रतिष्ठित व्यक्ती भएको बताएपछि एमालेको मुखमा बुजो लागेको हो।

त्यसपछि रोष्टममा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई यसपटक शङ्काको सुविधा दिएको तर अघिल्लो वर्षको बजेट निर्माणको घटनाले अर्थ मन्त्रालयलाई विश्वास गर्न सकिने अवस्था नरहेको सुनाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अघिल्लो पटक मुसाले अर्थ मन्त्रालयको तार काटेपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको उल्लेख गर्दै यसपटक त्यस्तो नहोस् भन्ने कामना गरे। उनले अझै पनि नीतिगत भ्रष्टाचार आगो झैँ सल्किएको दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाही, नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदीय छानबिन समिति गठन गर्न माग गरे पनि एमाले र रास्वपा चुप लागे पछि विषय यतिकैमा ओझेल परेको छ।

स्वतन्त्र सांसद अमरेश सिंहले प्रधानमन्त्री र अर्थमन्त्रीको कल डिटेल संसद्मा ल्याए मात्र दूधको दूध पानीको पानी छुट्टिने बताएका थिए भने नेमकिपाका सांसद प्रेम सुवालले मृत्युदण्डको कानुन नबनाएसम्म बजेट निर्माणमा बिचौलियाको चलखेल नरोकिने बताएका थिए।

जवाफमा अर्थमन्त्री महतले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरूलाई आफ्नो वरिपरि नै आउन नदिएको दाबी गर्दै इन्ट्रेस्ट ग्रुपको प्रभावमा नपरे पछि आफूमाथि हमला भएको बताए। इमानदार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठेको अर्थमन्त्री महतको गुनासो थियो।

बजेटमा नयाँ क्यालकुलेटर

त्यसपछि सुरु भएको बजेमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ बजेटमा नयाँ क्यालकुलेटर चलेको टिप्पणी गरेको छ। करिब २ घण्टा बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बजेट सेटिङमा आएको आरोप लगाए।

बजेट बनाउँदा सूचना चुहाएर सयौँ विद्युतीय सवारी भित्रिएकोतर्फ लक्षित गर्दै उनले आर्टिफिसियल होइन मानवीय इन्टेलेजिन्सले काम गरेको आरोप लगाए। यद्यपि बजेटले आम नेपालीको होइन केही व्यापारीको हित गरेको ओलीले व्यङ्ग्य गरे।

संसदमा गाईजात्रा, प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading