नक्कली शरणार्थी : दुई जनासँग धरौटी माग, १६ जनालाई जेल

नक्कली शरणार्थी : दुई जनासँग धरौटी माग, १६ जनालाई जेल

574
SHARES

काठमाडौं : काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका अभियुक्त मध्ये नेपाल प्रहरी अस्पतालमा कार्यरत लक्ष्मी महर्जन र टङ्क गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसहित १६ जनालाई कारागारमै राखेर मुद्दा किनारा लगाउन आदेश दिएको छ।

नक्कली शरणार्थी : भुटानी नेता टेकनाथले मागे ‘निसाफ’

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिलले १० जेठमा मुद्दा चलाएको थियो। जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएको थियो।

थुनछेक बहसपछि अदालतले १६ जनालाई जगन्नाथदेवल पठाउन आदेश दिएको छ। नक्कली शरणार्थी प्रकरणमा अरू १२ जना फरार छन्।

समाचार शेयर गर्नुहोस्
574
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.