नक्कली शरणार्थी : भुटानी नेता टेकनाथले मागे ‘निसाफ’

नक्कली शरणार्थी : भुटानी नेता टेकनाथले मागे ‘निसाफ’

काठमाडौं : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले शरणार्थी शिविरमा रहेका नागरिकको समस्या समाधानबारे प्रश्न गरेका छन्।

उनले पक्राउ परेका उच्चपदस्थतिर न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ध्यान आकृष्ट गर्दै भने,‘यहाँभन्दा बेइज्जती खप्न सकिन्न, यी ६ हजार मान्छेको समस्या समाधान गर्ने नाममा यी चोरहरूले ठगेर खाने?’

नेपालमा तेस्रो देश पुर्नवास नभएका ६ हजार भुटानी शरणार्थी शिविरमा छन्। उनीहरू मध्ये केही तेस्रो देश त कोही भुटान नै फर्कन पाउने आशामा छन्। तर, उनीहरूकै नाममा राज्य संयन्त्र नै लागेर ठगी धन्दा भएको छ।

नेपाली नागरिकलाई भुटानी बनाएर बेच्न करोडौँ रुपैयाँ लेनदेन भएको छ। प्रहरीले नक्कली बनाउने काममा संलग्न भएको आरोप पक्राउ परेका प्रतिवादीहरूले लगाएपछि रिजाललाई पक्रेर हिरासतमा राखेको छ।

भुटानी राजाको अन्याय अत्याचारविरुद्ध बोल्दा १० वर्ष जेल परेर नेपाल आएको भुटानी मानवअधिकारवादी नेता रिजालले न्यायाधीश न्यौपानेसँग समय लिएर बोले।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेका कारण भुटानी शरणार्थीले आज अपमान, खेप्नुपरेको रिजालले बताए।

रिजालले सरकारका मन्त्री, सचिवहरू अभियुक्त हुनुको कारण स्वयं उनीहरू नै भएको बताए। उनले नेपाल सरकारले भुटानी शरणार्थीमाथि गरेको पाप अहिले धुरीबाट कराएको बताए।

इजलासमा उनले भने,‘भुटानी शरणार्थीको छानबिन गर्ने नाममा नेपाल सरकारले अन्याय मात्र गरेको छ,’रिजालले इजलासमा भने,‘भुटानीलाई नेपालीले दिएको पाप धुरीबाट करायो।’

भुटानी शरणार्थी समस्या समाधानबारे नेपालका पूर्वदेखि वर्तमानसम्मका प्रधानमन्त्रीलाई भन्दा सुनुवाइ नभएको रिजालले बताए। प्रधानमन्त्रीले भन्दा मुख्यसचिवले र मुख्यसचिवले भन्दा गृहसचिवले नबुझ्दा समस्या समाधान नगरी आफूहरूमाथि अन्याय मात्रै भइरहेको रिजालले उल्लेख गरे।

जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेका १८ जनाकै थुनछेक बहस सकिएको छ। प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीले बहस गरे पनि रिजालले भने न्यायाधीशसँग समय लिएरै आफ्ना कुरा राखे।

रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थीका नाममा अमेरिका लैजान लागेको सूचना पाएपछि नै सरकारी निकाय, राजनीतिक दलका नेताहरूलाई जानकारी दिएको न्यायाधीश न्यौपानेलाई सुनाए।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा यी ठगहरू हुन् भनेको रिजालले बताए। उनले पूर्वप्रधानमन्त्री माधव नेपाल, संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम लगायतलाई भेटेर भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पुर्‍याउन लागेको सूचना दिएको बताए।

उनले देउवाले न्यायका लागि भुटानसँग गर्छु भनेर नगरेको सुनाए। ‘देउवाले हामीलाई न्याय दिनका लागि भुटानसँग वार्ता गर्छु भने,’रिजालले प्रश्न गरे,‘तर खै?’

समयसीमा ख्याल गर्न सम्झाएका न्यायाधीश न्यौपानेसँग रिजालले यो मौका आफूलाई जीवनमा नआउने भन्दै निसाफ दिन अनुरोध गरे। रिजालले भुटान फर्केर न्यायाधीश समक्ष न्यायको अपिल गर्ने बताउँदै आएका थिए। यसअघि रिजालका कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेका थिए।

रिजालको तर्फबाट अधिवक्ताहरू राजकुमार सुवाल, शम्भेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, डोरविक्रम थापा, प्रतिभा भट्टराई, प्रकाश बस्नेत, पुरुषोत्तम अर्याल, सन्तोष भण्डारी र राजेन्द्र पोखरेलले बहस गरे।

सुरुमा बहस गरेका सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नरहेको जिकिर गरे। शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभई यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर उनले गरे। रिजाल निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरूले माग गरे।

अधिवक्ता राजेन्द्र घिमिरेले रिजालले अन्तर्राष्ट्रियस्तरको काम गरिरहेको भन्दै होस गुमाएको र बयान गर्न नसक्ने भन्न नमिल्ने उल्लेख गरे।

घिमिरेले माइन्ड कन्ट्रोल किताब नै पढेर आफ्नो पक्षलाई पागल बनाउनु गलत भएको बताए। ‘टर्चरका कारण केही बेर टाउको दुख्ने, ध्यान मोडिने हुन सक्छ,’घिमिरेले प्रश्न गरे,‘सरकारी कागज किर्ते बनाउन उहाँ(रिजाल)ले कसरी सक्नुहुन्छ,सिंहदरबार छिर्न नै मुस्किल छ।’

गण्डकी प्रदेशका पूर्वमुख्य न्यायाधीवक्ता समेत रहेका घिमिरेले २०७४ सालमा भुटान फर्कन रिजालले नेपाल सरकारलाई दिएको निवेदन उल्लेख गरे।

उनले डायरीलाई कानुनी आधार मान्न नमिल्ने नेपाल र भारतीय अदालतको नजिर सुनाए। दोहोरिएमा मलाई रोक्नु होला है श्रीमान् भन्दै बहस गरेका घिमिरेले आधा घण्टा बोले। उनले रिजालबाट किर्ते काम हुन नसक्ने रिहा हुनु पर्ने बताए।

काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तर्फको थुनछेक बहस सकिएको छ। यो प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच कसुरमा मुद्दा दायर गरेको छ। १८ जना अभियुक्त पक्राउ परे पनि १२ जना अझै फरार छन्।

प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरूमाथि अब सरकारी वकिलले जवाफी बहस गर्नेछन्। शुक्रवार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई न्यायाधीश न्यौपानेले भनेका छन्। जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ।

किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयले उनीहरू विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित जेठ १० गते मुद्दा दर्ता गरेको थियो। उनीहरूसँग २८ करोड ८१ लाख बिगो माग गरिएको छ। जेठ २१ देखि सुरु भएको थुनछेक बहस ११ दिनसम्म चलेको छ।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : न्यायाधीशको प्रश्नमा वकिल नाजवाफ

नक्कली शरणार्थी : मानवीय व्यवहार गर्न न्यायाधीशको आदेश

न्यायाधीश समक्ष टेकनाथको गुनासो, सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

नक्कली शरणार्थी : थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading