नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने प्रकरणका आरोपीहरूको थुनछेक बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन्।

बहसका क्रममा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताले पहिचान लुकाएको विषयका साथै प्रतिवादीविरुद्धको अभियोग पुष्टि हुने प्रमाण खोजेका छन्।

थुनछेक बहसका लागि सरकारी वकिलहरूले तीन दिनको समय पाएका छन्। त्यसपछि जाहेरीकर्ताका तर्फबाट र प्रतिवादी तर्फका वकिलहरूले ६ दिनमा बहस सकाउने छन्।

यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनछेक बहसका क्रममा अदालतमा उपस्थित गराइएको थियो। बहसको पहिलो दिन तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझी एउटै बेन्चमा बसे पनि कुराकानी गरेनन्।

उनीहरूले एकाध समयबाहेक एकाग्र भएर बहस सुने। आक्कलझुक्कल रायमाझी र खाँण मुखामुख गरे पनि तीनै जनाको ध्यान बहस गरिरहेका सरकारी वकिल र न्यायाधीशतर्फ थियो।

कतिपय तथ्य उठेपछि नजिकै, अर्को बेन्चको छेवैमा बसेका सचिव टेकनारायण पाण्डेतर्फ खाँण आँखा सोझ्याउँथे। बहस भइरहेका बेला तीन जना प्रतिवादी केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारी भने आफ्नै तालमा देखिएका थिए।

थुनछेक बहसका क्रममा हरेक दिन प्रतिवादीले इजलासमा दिनभर बसेर आफूमाथि लगाइएको आरोपको बहस सुन्न पाउनेछन्।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण, पूर्व उर्जामन्त्री रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। अन्य १२ जना अझै फरार छन्।

सरकारी वकिलको तर्फबाट न्यायधिवक्ता जनकप्रसाद घिमिरेले पनि बहस थालेका छन्। आइतबार नसकिएकाले उहाँको बहस सोमबार पनि हुने सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।

नेउपानेका अनुसार थुनछेक बहसका लागि १० दिनको समय तोकिएको छ। अदालतले यस प्रकरणका आरोपीहरूलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जेठ ३१ गते बुधवार आदेश गर्ने सहन्यायधिवक्ता नेउपानेले बताए।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading