भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : भुटानबाट खेदिएर विभिन्न देशमा पुगेका शरणार्थीहरूले स्वदेश फिर्तीका लागि भारतीय सहयोग खोजेका छन्। उनीहरूले भारतीय सहयोग भए शरणार्थी बनेर अरू देशमा आश्रय लिनु नपर्ने आशा गरेका छन्।

सन् १९९० यता पूर्वी नेपालका दुई शिविरमा ६ हजार ५ सय भन्दा बढी भुटानी शरणार्थीहरू बसिरहेका छन्। तीमध्ये २ हजार ५ सय जना भुटान फर्कन इच्छुक रहेको उनीहरूले उल्लेख गरेका छन्। ९६ हजार भुटानी अमेरिकामा पुर्नवास भएका छन्।

अमेरिका सहित अरू विभिन्न देशमा पुर्नवास भएका शरणार्थीहरूले स्वदेश फिर्ताको मुद्दामा भारतीय सहयोगका लागि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

भुटानका जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान चलाइरहेको ग्लोबल क्याम्पेनले विज्ञप्ति निकालेर विचाराधीन रहेको भुटानी शरणार्थी स्वदेश फिर्ताको मुद्दामा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो।

सन् १९९० र त्यसपछि झन्डै ५० भन्दा बढी राजनीतिक कार्यकर्ता अझै पनि भुटानको विभिन्न जेलमा आजीवन कारावासको सजाय भोगिरहेका क्याम्पेनका संयोजक राम कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

भुटानले भारतको चासो र सुझावहरू सुन्ने भएकाले यो गम्भीर मानवीय समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा उठाउन कार्कीले अनुरोध गरेका छन्। नेपालका शरणार्थी शिविरमा बस्ने इच्छुक भुटानी शरणार्थीहरूलाई छिट्टै स्वदेश फर्काउने गरी भारतीय सहयोग खोजिदिन कार्कीले आग्रह गरेका छन्।

भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा मुछिएकाले नेपालको जेलमा परेका छन्। रिजालले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि हालका प्रधानमन्त्री प्रचण्डसम्मलाई भारत भ्रमणका क्रममा आफूहरूको स्वदेश फिर्तीको माग उठाइदिन आग्रह गर्दै आएका थिए।

स्वदेश फर्कन पाउनु पर्ने माग ओझेलमा पर्न नदिन सक्कली शरणार्थीहरूले नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराइरहेका छन्।

शरणार्थीहरूले भारतीय सहयोग खोज्न अपिल गरे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भुटानी शरणार्थी स्वदेश फर्कन पाउने मुद्दा एजेन्डामा पारेका छैनन्। प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शरणार्थी मुद्दा भ्रमणको एजेन्डा नपर्ने बताएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण : भुटानी शरणार्थी समस्या एजेन्डामै नपर्ने

नेपालबाट पक्राउ परेर १० वर्ष भुटानको जेल जीवन बिताएका मानव अधिकारवादी नेता रिजालले आफू भुटानी राजाबाट माइन्ड कन्ट्रोलमा पर्दै आएको आफ्नो पुस्तकमा लेखेका छन्।

‘माइन्ड कन्ट्रोलका कारण आफूले चाहेको गर्न नपाउने र अराएको काम मात्र गर्नु पर्ने’ अवस्थामा रहेको रिजालले सुनाउँदै आएका थिए।

कसरी हुन्छ माइन्ड कन्ट्रोल? यो भिडियो हेर्नुहोस्

सम्बन्धित समाचार

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading