‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली नेता टेकनाथ रिजाल पक्राउ परेपछि संशय पैदा भएको छ। भुटान फर्कन पाउनु पर्ने भन्दै तेस्रो देश पुर्नवास कार्यक्रममा सहभागी नभएका रिजाल पक्राउ पर्नुलाई शरणार्थीहरूले षडयन्त्र भएको बताएका छन्।

रिजाललाई बलिको बोको बनाइएको शरणार्थीहरूले उल्लेख गरेका छन्। तेस्रो देश पुर्नवासमा रहेका भुटानी शरणार्थीहरूले भुटानी मानव अधिकारवादी नेता रिजाललाई नेपालको गृह मन्त्रालयले जालमा फसाउन सबै प्रयास गरेको उल्लेख गरेका छन्। भुटानी शरणार्थी भुवन प्याकुरेलले सामाजिक सञ्जालमा नेपालको न्यायपालिकाले के गर्ला त अब? भनेर जिज्ञासा राखेका छन्।

भुटानी शरणार्थी निरश यात्रीले नेपालका भ्रष्ट नालायक र खलनायक भाइमारा नेताहरूले षडयन्त्र गरेर यो मुद्दामा रिजाललाई फसाउन खोजेको लेखेका छन्। रिजालले झापा र मोरङमा रहेका सक्कली भुटानी शरणार्थीहरूको दिगो समाधान र नेपालका भ्रष्ट कर्मचारीको कर्तुतको पर्दाफास गर्ने गरेकाले प्रतिशोधको भावनाले अभिप्रेरित भएर उनलाई हिरासतमा राखिएको आशङ्का यात्रीले गरेका छन्।

अन्तर्राष्ट्रिय जगतमा आफ्नो इज्जत जोगाउन नेपाल सरकारले रिजाललाई संलग्न गराउन खोजेको उनले लेखेका छन्। ‘अब कुनै भुटानी शरणार्थीले यो विषयलाई उठाएको खण्डमा तिमीहरूकै नेता पनि संलग्न छ भनेर नेपालका भ्रष्टाचारीहरूले जवाफ दिने छन्,’उनले लेखेका छन्,‘त्यसकै निम्ति बाजेलाई यो मुद्दामा फसाउन खोजिएको हो। अरू कारणहरू पनि धेरै छन् लेख्न थाल्यो भने किताब बन्छ।’

नक्कली शरणार्थी प्रकरणमा रिजालको पक्राउले संसारलाई हँसाएको, भुटानलाई नचाएको, निर्वासित र पुननिर्वासित भुटानीलाई लज्जित पारेको अर्का भुटानी शरणार्थी शिव दाहालले लेखेका छन्। ‘माइन्ड कन्ट्रोलको सिकार भएको भन्दै आएका रिजाल मानसिक रूपमा सन्तुलित छन् भन्न सकिन्न,’उनले लेखेका छन्,‘त्यस्तालाई गिरोहले प्रयोगमा ल्याउन कठिन नभएको अनुमान लगाउन सकिन्छ।’

सरकारी संयन्त्रको ‘दलाली जालो’मा टेकनाथ रिजाल

मस्तिष्क नियन्त्रणका वैज्ञानिक आधार पुस्तकमा डा. अरुणकुमार सिंहले भुटानी राजपरिवारका सदस्यहरूबाटै भएको अत्यधिक भ्रष्टाचारको बारेमा कुरा गर्नै नसकुन् भनेर रिजालको मस्तिष्कलाई सीमित बनाउनु, स्मृति र चिन्तन प्रक्रियामा गत्यावरोध उत्पन्न गराइएको लेखेका छन्।

भ्रष्टाचारलाई लुकाउने उद्देश्यका साथ भुटानी राजाले रिजाललाई अन्धो, बहिरो, लाटो, आवाजहीन, अपाङ्ग र पागल बनाउन सम्भव भएसम्मका सबै प्रयास गरेको पुस्तकमा लेखिएको छ।

सिंहले लेखेका छन्,‘जब रिजाल केही महत्त्वपूर्ण व्यक्तिलाई एक्लै भेट्थे उनलाई भुटानको मुद्दाको बारेमा कुरा नगरी आर्थिक सहयोग खोज्न निर्देशन दिइन्थ्यो, यसले गर्दा ती महत्त्वपूर्ण व्यक्तिलाई लागोस् कि उनी एक लिडर होइनन् तर सधैँ पैसा माग्ने व्यक्ति हुन्।’

धेरै पटक रिजालले आफ्नो जीवनलाई मृत्युभन्दा निकृष्ट अनुभव गरे वा यस्तो विचार उनको मस्तिष्कमा पठाइएको डा. सिंहले पुस्तकमा लेखेका छन्। आज टेकनाथ रिजाल राज्यविहीन बनेका छन्। जसको शरणार्थी स्थिति पनि छैन र कतै जाने ठाउँ पनि छैन।

भुटान फर्कन पाउनु पर्ने आवाज अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने रिजाललाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेर बोली बन्द गराउन खोजिएको शरणार्थीहरूले बताउन थालेका छन्। भुटानका राजबन्दी रिहाइ अभियानका अन्तर्राष्ट्रिय संयोजक एवं मानव अधिकारवादी नेता राम कार्कीले रिजालको गिरफ्तारीले अन्योल सिर्जना भएको उल्लेख गरेका छन्।

फेसबुकमै अर्का भुटानी शरणार्थी अभि अधिकारीले भुटानी नेता रिजाललाई नेपाल सरकारले बलीको बोको बनाएको उल्लेख गरेका छन्। ‘रिजाल एक प्रतिनिधि पात्र मात्र हुन जसलाई नेपाल राष्ट्रले बलिको बोको बनाएको छ,’उनले लेखेका छन्,‘अब हामी चुप बसेऊ भने सम्पूर्ण दोष हामी माथि नै थोपरिनेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने र दोषी उम्काउने कोसिस भइरहेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भएको छलफलमा अध्यक्ष शर्मा ओलीले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको बताए। ‘यो कुरा बन्द गरियोस्, जेठ १९ कि २० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो? पुलिसले छोडेको होइन। छोड्न लगाइयो, बाध्य बनाइयो,’ओलीले भने,‘यत्तिकै छुटे मान्छे? छोड्न लगाइयो।’

नक्कली प्रकरणमा पक्राउ परेका आरोपीहरूले रिजालको छवि बेच्दा भुटानी राज्य सत्तालाई आफ्ना नागरिक होइनन् भन्ने बल पुगेको छ। शरणार्थी शिविरमा अझै पनि भुटान फर्कन पाउने आशामा रहेका भुटानीहरूको बिचल्ली भएको छ।

तीन दिन म्याद थप

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले आइतबार प्रहरीलाई अनुमति दिएको छ। अनुसन्धान नसकिएपछि पुनः म्याद थप गरिएको प्रहरीले जनाएको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललगायत १६ जना पक्राउ परेका छन्।

यस प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए। सङ्गठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको शुक्रवार ६० दिन पूरा हुनेछ।

सम्बन्धित समाचार

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading