सरकारी संयन्त्रको ‘दलाली जालो’मा टेकनाथ रिजाल

सरकारी संयन्त्रको ‘दलाली जालो’मा टेकनाथ रिजाल

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर बेच्ने गिरोहमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन्। पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले प्रहरी हिरासतमा छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा लिएपछि प्रहरीले पक्राउको अनुमति लियो। उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामा छन्।

राज्यको गृह प्रशासन सम्हालेकाहरू नै नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर बेच्ने गिरोहमा संलग्न भएको पाइएपछि शरणार्थी प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको छ। अमेरिका जानका लागि पाँच देखि पचास लाख रुपैयाँसम्म बुझाएकाहरूको उजुरीका आधारमा प्रहरीले धमाधम पक्राउ गरिरहेको हो।

प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पुर्जी जारी भएका केही फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूको बयान लिएर प्रहरीले मुद्दा दर्ताको तयारी गरेको जनाएको छ।

राज्य सञ्चालकहरू नै संलग्न भएर भुटानीका नाममा नेपाली नागरिक बेच्ने काम भएको छ। देश निकाला भएर आएका भुटानी शरणार्थीको नाममा भएको गैरकानुनी कामले अन्तर्राष्ट्रिय जगतमा दुर्गन्ध फैलिएको छ।

राज्यविरुद्धको अपराधमा संलग्न दोषीलाई कारबाही गर्न नागरिक खबरदारी भइरहेको छ। निर्दोष नपरून्, दोषी नउम्किउन् सरकार र नागरिकको नारा एउटै छ। भ्रष्टाचारीलाई कारबाही गर्दा वाहवाही पाएको सरकारले ठुला माछा उम्काउने तानाबाना बुनेको आरोप पनि लागिरहेको छ।

तीन दलका शीर्ष नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिए पछि तारनतार भेटवार्ता गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन नेताको भेटघाटमा नक्कली शरणार्थी प्रकरणबारे कुराकानी नभएको बताउन थालेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको दोस्रो भेटपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा कन्सर्न थियो भनेका प्रचण्डले अहिले परिवर्तन उल्टाउने शक्तिहरूलाई परास्त गर्नेबारे कुराकानी हुने गरेको बताउन थालेका हुन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक समाज एक ठाउँमा उभिएको सुनाएका छन्। भ्रष्टाचारले देश थिलथिलो बनेको छ। नेता बन्नेहरूले मनग्यै कुम्ल्याए भन्ने जनताको आरोप छ। जसलाई नेता बनाएर पठायो, उसैले जनता ठगिरहेको छ।

एक नेपालीले अर्को नेपाली मात्रै होइन नेपालमा शरण लिन आएका भुटानीलाई समेत मरणको अवस्थामा पुर्‍याएका छन्। भुटान जान पाउने आशा नमारेका शरणार्थीको व्यवस्थापनका लागि अनुरोध गर्ने भुटानी मानव अधिकारवादी नेता नै यतिवेला प्रहरीको हिरासतमा छन्।

सन् १९८९ मा नेपाल भागेर आएका थिए टेकनाथ रिजाल। त्यतिवेला झापाबाट पक्राउ परेका रिजाललाई पञ्चायती सरकारले भुटान पठाएको थियो। रिजाल नेपालबाट पक्राउ परेर १० वर्ष भुटानको चेमगाङ जेलमा बसे। जेलबाट रिहा भएपछि नेपाल आएका रिजाल भुटान फर्कन पाएका छैनन्।

उनीसँगै नेपाल आएका मध्ये अझै ६ हजार ५ सय शरणार्थी शिविरमा बसिरहेका छन्। उनीहरूको व्यवस्थापनका लागि गुहार मागेका रिजाल सरकारी संयन्त्रको ‘दलाली जालो’मा परेका छन्। आफू भनेर आएका र आफ्नै वरिपरि बसेका आफ्ना नागरिकलाई बिचल्ली हुन नदिने रिजालको कमजोरीमा ठगहरूले रजगज गरेका छन्।

उनले ठगहरूको रजगज अन्त्य गर्दै आफ्ना नागरिकलाई भुटान फर्कने वातावरण बनाइदिन सभामुख देवराज घिमिरेलाई अपिल गरेका थिए। भुटानी शरणार्थी समस्या र दीर्घकालीन समाधानका लागि सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। उनै रिजाल आफैँ नेपाल प्रहरीको थुनामा परेका छन्।

उनलाई समेत मुछेर थुनामा पुर्‍याएका छन्। प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। रिजाललाई पक्राउ गर्नुको प्रमाण रहेको बताए पनि रकम लेनदेनमा संलग्न भए नभएको खुलाएको छैन। भुटानी राज्य सत्ताको भ्रष्टाचार र अत्याचारविरुद्ध १० वर्ष जेल जीवन बिताएका रिजाल अहिले नेपाली जेलमा दिन गन्न पुगेका छन्।

नेपाल सरकारले भुटानसँग कुरा गरेर आफ्नो देश फर्काउने आशा जीवित राखेका रिजाल नै नक्कली प्रकरणमा जेल परेका छन्। शरणार्थी शिविरमा तेस्रो देश पुर्नवास कार्यक्रम आउँदा रिजालको माग थियो, एक पटक भुटान जान पाउँ। नेपाली भाषा बोलेकै आधार देश निकाला गर्ने भुटानी राजासँग कुरा गर्न चाहन्थे रिजाल।

चेमगाङ जेलमा हुँदा रिजाल राजालाई अपिल गर्दै तीन पटक आमरण अनसनमै बसेका थिए। भुटानी राज्य परिषद्का सदस्य रिजाल भ्रष्टाचार छानबिन गर्ने टोलीका नेता थिए। उनकै नेतृत्वमा भएको भ्रष्टाचार छानबिन समितिको रिपोर्टका आधारमा राजासँग सम्बन्ध बिग्रिएको थियो। उनको प्रतिवेदनमा भ्रष्टाचारमा दोषी देखिएका राजाकै वरिपरिका थिए। भ्रष्टाचार रिपोर्ट अनुसार दोषीलाई कारबाही गर्नुको साटो प्रतिवेदन दिने रिजाल नै पदमुक्त बनाइए।

राजाको अत्याचारविरुद्ध बोल्नेहरू धमाधम देश निकाला गरिए। उनीहरू अहिलेसम्म आफ्नो देश फर्कन पाएका छैनन्। भुटानका जेलमा अझै पनि राजबन्दीहरू राखिएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रतिवेदन नै सार्वजनिक गरेका छन्। तेस्रो देश पुर्नवास भएकाहरू समेत आफ्नो देश भुटान जान पाउँदैनन्।

आफ्ना देशका नागरिकलाई फर्काउन नचाहने भुटानी राज्य सत्ताविरुद्ध नेपालसहित अन्तर्राष्ट्रिय जगतमा आवाज बुलन्द गर्ने रिजाललाई बन्दी बनाइएको छ। कतिपयले रिजाललाई पक्राउ गर्नु उच्चपदस्थहरू जोगाउने षडयन्त्रको रूपमा समेत लिएका छन्।

सम्बन्धित समाचार

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading